पारखा बीएसीमा कोविडको बूस्टर डोज टीकाकरण अभियान सम्पन्न

IMG_20220804_224155.jpg

पाकिम: देश स्वतन्त्र भएको ७५औं वर्ष मनाउन र कोविड १९ रोकथामका लागि आज पारखा बीएसीमा कोविडको बूस्टर डोज टीकाकरण सम्पन्न गरियो। यस अवसरमा पारखा बीएसीका कर्मचारीहरू र छेउछाउका गाउॅंका १८ देखि माथि उमेर पुगेका योग्य लाभार्थीहरूले बूस्टर डोज लगाए।

टीकाकरण बीएसी पारखा र माछोङ पीएचसीको समन्वयमा आयोजन गरिएको थियो। आज कूल ३१० जनाले पंजीकरण गरेका थिए भने २२२ जनाले टीका लगाएको बताइएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *