गान्तोक: गान्तोक जिल्ला निर्वाचन अधिकारी तथा जिल्लापाल तुषार निखारे, अतिरिक्त जिल्लापाल रोहन अगावाने र महकुमा अधिकारी मिलन राईले जेनरल पर्यवेक्षक जितेन्द्र कुमार र व्यय पर्यवेक्षकहरू एस सुन्दरेसन, जे प्रेमानन्द र प्रसोन काबसंग राज्य सर्किटमा भेट गरे। अन्तरक्रियाको क्रममा, पर्यवेक्षकहरूले सम्भावित वित्तीय निगरानीको आवश्यकतामा जोड दिए। गान्तोक र वरपर एसएसटी टोलीहरू तैनाथ गर्ने र रणनीतिक कार्यबारे पनि छलफल गरियो। यसका साथै बैठकमा राजनीतिक दलले चुनावी प्रचारका क्रममा गरेको खर्चको उचित हिसाबकिताब राख्ने विषयमा पनि छलफल भएको थियो। व्यय पर्यवेक्षकहरूले उम्मेदवार र राजनीतिक दलहरूले वित्तीय नियम र प्रचार खर्चको सीमा पालना गर्ने सुझाव दिए।