मैदानमा प्रतिबद्धताले गर्दा राशिद विश्वभरि लोकप्रिय रहेको गावस्करको दावी

IMG-20240411-WA0242.jpg

नयाँ दिल्ली: भारतीय क्रिकेट टीमका पूर्व कप्तान सुनिल गावस्करले खेलको सबै विभागमा प्रतिबद्धताहरूले गर्दा अफगानिस्तानका राशिद खानलाई विश्वभरि हुने टी२० लीगहरूमा सबैभन्दा लोकप्रिय खेलाड़ीहरूमा एक बनाएको बताए। राजस्थान रोयल्स विरुद्ध बुधवार राति खेलिएको म्याचमा राशिदको अलराउण्ड प्रदर्शन गर्दा नै गुजरात टाइटन्सले रोमाञ्चक जीत हासिल गऱ्यो। गावस्करले भने, आवश्यकता हुँदा राशिदले ब्याटको साथ पनि योगदान दिए। यसैकारण विश्वभरि हुने फ्रेञ्चाइजी टी२० लीगहरूमा उनको यति धेर माग छ। मैदानमा ओर्लिएपछि ब्याटिंग, बलिंग र फील्डिंगमा उनको प्रतिबद्धता स्पष्ट देखिन्छ। राशिद जण्डा बलर र उपयोगी ब्याटरको साथमा असल फील्डर पनि हुन्। गावस्करले भने, राशिदले फील्डिंग गर्दा पनि सदा सर्वश्रेष्ठ प्रयास गर्छन्। बलरहरू साधारणत बललाई रोक्न डाइभ लगाउँदा आफ्नो बलिंग गर्ने हातलाई बचाउने प्रयास गर्छन् कारण हातको हड्डी फुस्किए करियर समाप्त पनि हुन सक्छ तर राशिदले त्यस्तो केही सुर्ता गर्दैनन्। उनी सदा आफ्नो शत प्रतिशत दिन चाहन्छन्। गावस्करले राशिदको तुलना ईंग्ल्याण्डका टेस्ट कप्तान बेन स्टोक्ससँग गरे जो यस साल आईपीएलमा खेलिरहेका छैनन्। गावस्करले भने, स्टोक्स पनि मैदानमा खेल्दा कुनै कुराको पर्वाह नगरी टीमको निम्ति खेलको हरेक विभागमा आफ्नो शत प्रतिशत दिन्छन्। राशिद उनी जस्तै खेलाड़ी हुन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement