झापा (नेपाल): पूर्वीनेपालको विशेष गरी झापा र मोरंग जिल्लामा बसोबास गर्ने ल्पसंख्यक धिमाल समुदायको महान पर्व श्रीजात/जात्री १३ अप्रेल (वैशाख १ गते)बाट मोरङको लेटाङ स्थित राजारानीवाट प्रारम्भ भई १४ अप्रेलमा (२ गते) विशेष पुजाहुने भएको छ। प्रत्येक वर्ष वैशाख २ गते लेटाङ नगरपालिकाको भोगटेनी स्थित राजारानी धिमाल डाँडामा रहेको धिमाल ग्रामथाममा पुजा पाठ गरि मेलाको शुभारम्भ हुनेछ। लेटाङबाट शुरु भएको जात्री÷श्रीर्जात (पूजा) पर्व १६ जून (असार २ गते) उर्लाबारीको मङ्गलबारेस्थित धिमाल जातीय विकास केन्द्र केन्द्रीय कार्यालय परियोजना स्थल (दस बिघे)मा समापन हुने गर्दछ।
लेटाङ नगरपालिकाले राजारानी क्षेत्रमा आउने पाहुनालाई स्वागत गर्दे मेला भर्न आउन र धिमाल जातीहरुको प्रमुख धार्मिक स्थलको अवलोकन गर्न आह्वान गरेको छ। आज नगरपालिकाले वनाएको एक टोलीले राजारानी पर्यटन क्षेत्रको अवलोकन गर्दे आवश्यक तयारी पुरा भएको जनाएको छ। धिमाल जातिहरुको देवस्थलको रुपमा रहेको परिसरमा विकास गरिएको संरचनाको स्थलगत अनुगमन, मन्दीर वरीपरिको व्यवस्थापन र तयारीको वारेमा अवलोकन गरिएको हो। नगरपालिकाका पदाधिकारी र राजनीतिक दलका प्रतिनीधी, पत्रकार लगायतको टोलीले अनुगमन गरेको हो। लेटाङ बजारबाट करिब ६ किलोमिटर पश्चिम उत्तर तर्फ रहेको राजारानी मन्दिर परिसरमा अन्य वेला समेत पर्यटकहरुको बाक्लो उपस्थिति रहने गरेको छ। राजारानीलाई एतिहासिक धिमाल जातीहरुको प्रमुख धार्मिक तथा उद्गम स्थलको रुपमा मानिदै आएको छ।