नयाँ दिल्ली: पाँचपल्टको च्याम्पियन मुम्बई इण्डियन्सले बिहीवार विष्णु विनोदको विकल्पको रूपमा सौराष्ट्रका विकेटकीपर- ब्याटर हार्विक देसाईलाई आफ्नो टीममा सामेल गऱ्यो। विष्णु विनोद हातको चोटले गर्दा इण्डियन प्रीमियर लीग (आईपीएल)-को रहल म्याचहरूबाट बाहिर भएका छन्। चौबीस वर्षीय विकेटकीपर ब्याटर हार्विकले पहिलोपल्ट आईपीएलमा हिस्सा लिनेछन्। देसाईले सौराष्ट्रको निम्ति २७ वटा टी२०, ४० वटा लिस्ट ए र ४६ वटा प्रथम श्रेणीको म्याच खेलेका छन्। आईपीएलको विज्ञप्ति अनुसार, मुम्बई इण्डियन्सले विष्णु विनोदको विकल्पको रूपमा हार्विक देसाईलाई टीममा सामेल गऱ्यो। घरेलु क्रिकेटमा केरलको प्रतिनिधित्व गर्ने ३० वर्षीय विष्णुको देब्रे हातमा चोट लागेको छ। मुम्बई इण्डियन्स अहिले केवल एउटा जीतको साथ आईपीएल पोइण्ट्स टेबलको आठौं स्थानमा रहेको छ। नयाँ कप्तान हार्दिक पाण्ड्याको अगुवाईमा टीमले आफ्नो पहिलो तीनैवटा म्याच हारेको थियो तर रोयल च्यालेञ्जर्स बेंगलोर विरुद्ध गत म्याचमा जीतको साथ टीम जीतको गोरेटोमा फर्किएको छ।