दिउँसै छुरी हानेर युवकको हत्या गर्ने प्रयास

कोचबिहार: दिउँसै एक युवकको छुरीले हिर्काएर हत्या गर्ने प्रयास गरियो। घटनाको कारणले बिहीवार माथाभांगा वार्ड नम्बर-७ मा सन्त्रास फैलियो। घाइते युवकको नाम मनोज रविदास गम्भीर हो भने आरोपीको नाम प्रदीप दास रहेको बताइएको छ।घटना पश्चात आरोपी भागेका छन्। घाइते युवकलाई कोचबिहार मेडिकल कलेज एवं अस्पतालमा भर्ती गरिएको छ। घटनाको सूचना पाएर माथाभांगा थानाको पुलिस पनि घटनास्थलमा पुग्यो।स्थानीय सूत्र अनुसार केही समयपूर्व मनोज रविदासले प्रदीप दासकी पत्नीलाई लिएर भागेकी थिई। यद्यपि केही दिनपछि दुवै फर्केर आएका थिए। तर महिलाले प्रदीपसित घर बसाइन्। यसै विषयलाई लिएर प्रदीप दासले मनोजमाथि चक्कुले प्रहार गरेको हो।घाइते मनोज रविदासले बताए, उ सड़क मार्ग भएर गइरहेको थियो। त्यैबेला प्रदीप दास उपनाम कुटुले उसलाई रोक्यो अनि पेटमा छुरीले प्रहार गर्यो। त्यसपछि उसको टाउकोमा लौरोले प्रहार गर्यो। माथाभांगा थानाको पुलिसले घटना पश्चात आरोपीलाई खोजिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement