मन्त्री सञ्जित खरेलको निवासमा युवा समन्वय सभा सम्पन्न

IMG-20220804-WA0193.jpg

गान्तोक: हिजो राजधानी गान्तोकस्थित नामथाङ निर्वाचन क्षेत्रका विधायक एवं यातायात विभागीय मन्त्री सञ्जित खरेलको आफ्नो निवासमा आगामी १० अगस्तको दिन एसकेएम पार्टीद्वारा पालन गरिरहेको जनमुक्ति दिवसको तयारीलाई लिएर एक समन्वय बैठक सम्पन्न भयो। सभामा सिक्किम क्रान्तिकारी मोर्चा पार्टीका राज्यस्तरीय युवाध्यक्ष लाक्पा मोक्तानको पनि विशेष उपस्थिति रहेको थियो।यसरी नै राज्यस्तरीय युवा कार्यकारी सदस्यहरूले पनि भाग लिएका थिए। एसकेएम पार्टीले आउँदो १० अगस्तको दिन दक्षिण सिक्किमको जोरथाङ सामूदायिक खेल मैदानमा आयोजन गर्ने जनउन्मुक्ति दिवसको कार्यक्रम तयारीबारे छलफल गर्ने उदेश्यले उक्त सभा आयोजन गरिएको हो। बैठकमा सिक्किमका सम्माननीय मुख्यमन्त्री प्रेमसिंह तामाङको निर्देशनमा पार्टीले बनाएको युवा विकास नीतिको विषयमा पनि चर्चा गरिएको थियो। यस नीतिमार्फत अघि बढ्नका लागि सबै युवाहरू हरसम्भव अग्रसर हुनुपर्ने सभामा उपस्थित व्यक्तित्वहरूले सुझाव दिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *