असममा गोर्खाहरूलाई कसैले विदेशी भन्दैनन्: असम मुख्यमन्त्री

Assam-CM-2

डिब्रुगढ़ (असम): मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले भनेका छन्, आज यस्तो समय आएको छ असममा गोर्खाहरूलाई कसैले विदेशी भन्दैनन्। उनले भने, गोर्खाहरूलाई पनि असममा समान रूपमा मर्यादा दिइएको छ।

भाजपा सत्तामा आएदेखि यहाँ गोर्खाली, बंगाली, हिन्दी भाषी आदि सबैसित एक समान व्यवहार हुन थालेको छ।

उनले भने, सबैलाई सम्मानपूर्वक जिउने अधिकार प्राप्त भयो। सबैलाई असमका योजनाहरूमा सामेल गरियो। चाहे त्यो नोकरी होस् वा अन्य सरकारी योजनाहरूको लाभ, असममा सबलाई समान रूपमा दिइएको छ।

मुख्यमन्त्रीले भने, उनले चुनाउ अवधि असममा शान्ति स्थापना गर्ने वाचा गरेका थिए। उग्रवादी संगठनहरूसित सम्झौता गरेर त्यस वाचालाई अक्षरसः पूरा गरियो। यसैले आज असममा गोला-बारूदको शब्द सुनिँदैन। मानिसहरूले रातभरि बिहू उत्सवको आनन्द उठाउन सक्नेछन्।

उनले भने, एक समयमा तीनसुकियामा अँध्यारो भएपछि मानिसहरूले घरबाट बाहिर निक्लिने हिम्मत गर्दैथे, तर आज दुई दिनअघि मात्र गृहमन्त्री अमित शाहसित उनीहरूले राती नौ बजेपछि पनि सड़कमा ऱ्याली गरे। यसबाट स्पष्ट हुन्छ, भाजपाले शान्ति स्थापनाको दिशामा के काम गरेको छ।

मुख्यमन्त्रीले भने, चुनाउमा चुनाउमा गरिएका वाचाहरूलाई पूरा गर्नको लागि हाम्रो सरकार सदैव गम्भीर रहँदै आएको छ। चुनाउ अवधि हामीले माइक्रोफाइनेन्स ऋणधारक महिलाहरूको ऋण माफी गर्ने विचा गरेका थियौं। १६ लाख महिलाहरूको ऋण माफ गरिएको छ। यस वर्ष अन्य मानिसहरूको ऋणलाई पनि प्रधानमन्त्री नरेन्द्र मोदीले शपथ लिएपछि माफ गरिनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *