विभिन्न पार्टी त्याग गर्दै एसकेएम पार्टीमा सामेल हुनेहरूको संख्यामा वृद्धि

IMG-20240412-WA0004.jpg

गान्तोक: चुनाउ नजिन्दै जाँदा विभिन्न पार्टी त्याग गर्दै एसकेएम पार्टीमा सामेल हुनेहरूको संख्या दिन प्रतिदिन वढदै गइरहेको छ। यसै क्रममा विभिन्न पार्टी त्याग्दै मुख्यमन्त्रीको उपस्थितिमा एसकेएम पार्टीमा सामेल भएका छन्। आज पार्टीमा सामेल हुनेहरूमा विशेष गरेर एसडीएफ पार्टीका संस्थापक सदस्य जेबी राई, सिटिजन एक्सन पार्टीका जिल्ला अध्यक्ष एमटी राई, एसडीएफ सामाजिक सञ्जालका सिदान सुब्बा लगायत १३ जना एसकेएम पार्टीमा सामेल भएका छन्। आज पार्टीमा सामेल हुनेहरूलाई एसकेएम पार्टीका अध्यक्ष प्रेम सिंह तामाङले खदा अर्पण गर्दै पार्टीमा स्वागत जनाए। यसै क्रममा एसडीएफ पार्टी त्याग गर्दै २० परिवारले आज मुख्यमन्त्री प्रेम सिंह तामाङको उपस्थितिमा एसकेएम पार्टीमा आधिकारिकरूपमा सामेल भएका छन्। सोही प्रकारले पूर्व राज्यसभा सांसद केएन पल्जर पनि एसकेएम पार्टीमा सामेल भएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement