गान्तोक: तिमी नाम्फिङ निर्वाचन क्षेत्रका एसकेएम उम्मेद्वार बीएस पन्थ आफ्नो चुनावी प्रचार प्रसार कार्यक्रमलाई लिएर आइफलटार पुगे पार्टीले पछिल्ला दिनमा समष्टि अनि राज्यको हितमा गरेका विकासबारे अवगत गराउन र भावी कार्यक्रम, योजना र घोषणाहरू बारे जनतालाई जानकारी गराउन पुगेका उम्मेद्वार पन्थलाई स्थानीय जनताले भव्य स्वागत गरे। “सिक्किम क्रान्तिकारी मोर्चा पार्टीले बितेको पाँच वर्षमा तिमी नाम्फिङ निर्वाचन क्षेत्रका लागि प्रशस्त काम गरेको छ। क्षेत्रमा सानादेखि लिएर ठूलाठूला परियोजना र जनहितका काम सरकारले गरेको छ। पार्टी अध्यक्ष प्रेमसिंह तामाङले राज्यको हितमा विकास गर्ने क्रममा सबै समष्टिलाई समेटेर विकासको मूल फुटाउने काम गरेको जानकारी गराए। आगामी १९ अप्रेलमा सिक्किममा विधानसभाको चुनाव सम्पन्न हुने भएकोले सबैले टेबल ल्याम्पको चिन्हमा भोट् हालेर एसकेएम पार्टीलाई विजय गराउने र यहाँ विकासको मूल फुटाउने आग्रह गरे।