भाजपाले आफ्नो संकल्प पत्रमा युवाहरूको निम्ति रोजगारलाई उच्च प्राथमिकता दिएको छ: डीआर थापा

n59945082017128496578722a73e432774a56cbd89dd1d0283a7f8d530c26038e1deed32272c8891fd7a19e.jpg

गान्तोक:सिक्किममा आगामी १९ अप्रेलका दिन सम्पन्न हुने विधानसभा र लोकसभा चुनाउको निम्ति आज भारतीय जनता पार्टी (भाजपा) ले आफ्नो संकल्प पत्र लोर्कापित गऱ्यो। भाजपा राष्ट्रिय अध्यक्ष जेपी नड्डाको विशेष उपस्थितिमा लोकार्पण गरिएको संकल्प पत्र समारोहमा प्रदेश अध्यक्ष डीआर थापा, प्रदेश प्रभारी डा. दिलीप जैसवाल, लोकसभा उम्मेदवार दिनेशचन्द्र नेपाल, सबै निर्वाचन क्षेत्रका उम्मेदवारहरू लगायत भाजपा कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधित गर्दै प्रदेश अध्यक्ष थापाले भाजपाले आफ्नो संकल्प पत्रमा युवाहरूको निम्ति रोजगारलाई उच्च प्राथमिकता दिएको बताए। उनले सिक्किममा बेरोजगारहरूको संख्या डेढ़ लाख पुगेको छ भन्दै सिक्किममा भाजपाले सरकार बनाएको खण्डमा सबलाई रोजगार उपलब्ध गराउने बताए। उनले भाजपाको संकल्प पत्रमा ढॉंट्ने कुरा छैन भन्दै गर्न सक्ने कुराहरू मात्र सामेल गरिएको बताए। उनले राज्यमा बेरोजगारहरूको संख्या बढ्नुको मुख्य कारण गुणात्मक शिक्षाको अभाव रहेको दाबी गरे।

उनले भाजपाले सरकार गठन गरेको खण्डमा गुणात्मक शिक्षा उपलब्ध गराउने र सिक्किमलाई शिक्षाको केन्द्र बनाउने बताए। उनले सिक्किममा राजस्वको पनि कमी रहेको बताउॅंदै राजस्व कसरी आर्जन गर्ने भन्ने कुरा पनि संकल्प पत्रमा समावेश रहेको छ भने। उनले सिक्किममा भ्रष्टाचार ठूलो समस्या भएको छ र भ्रष्टाचारको अन्त्य नभएसम्म यहॉं विकास सम्भव नरहेको बताए। भाजपाले सरकार गठन गरेपछि भ्रष्टाचारमा लिप्त सबै विरूद्ध सीबीआई जॉंच गराउने बताए।

भाजपाको सरकार गठन भए धारा ३७१एफ उडाउॅंछ भनेर मानिसहरूमा भ्रम फैलाउने काम भइरहेको पनि उनले बताए। यसैगरी, भाजपा इसाई विरोधी हो भनेर दुष्प्रचार गरिने गरिएको उनले बताए। उनले पूर्वोत्तरका धेरै कतिपय राज्यहरूमा इसाई धर्मावलम्बीहरूको संख्या धेरै रहेको, तर ती राज्यहरूमा पनि भाजपाले सरकार गठन गरेको जानकारी गराए।

यस अतिरिक्त, प्रदेश भाजपा अध्यक्ष थापाले सिक्किमका लम्बित मुद्दाहरू कर्मापाको सिक्किम आगमन, लिम्बू तामाङको सीट आरक्षण, छुटेका १२ जातिलाई जनजातिको मान्यतालाई केवल भाजपाले मात्र सम्बोधित गर्न सक्ने बताए। उनले क्षेत्रीय राजनीतिक दलहरूलाई ५० वर्ष समय दिइयो भन्दै अब एकपल्ट भाजपालाई मौका दिन अपील गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *