सिङताम खाम्दोङ निर्वाचन क्षेत्रका जनतासँग एनबी दाहालले गरे अन्तक्रिया

IMG-20240412-WA0002.jpg

गान्तोक: खाम्दोङ सिङ्ताम निर्वाचन क्षेत्रको राब्दाङ वार्डमा सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको चुनावी प्रचार प्रसार कार्यक्रम सम्पन्न भयो। एसकेएम पार्टीका उम्मेद्वार एनबी दाहालले आफ्नो चुनावी अभियानलाई अघि बढाउँदै वार्डका जनतासँग अन्तरक्रिया गरे। यस निर्वाचन क्षेत्रका जनताले आफूलाई विधायक बनाएर पठाएपछि समष्टिका जनताको पक्षमा समर्पित भई कार्य गर्ने र यहाँ गरिनुपर्ने विभिन्न कार्य र थाँतीमा रहेका कामहरूलाई पूरा गर्ने बचन दिए। सिक्किम क्रान्तिकारी मोर्चा पार्टीका सम्माननीय अध्यक्ष प्रेमसिंह तामाङको निष्पक्ष नीति र अवधारणाका बारेमा पनि उनले अवगत गराए। उनले एसकेएम पार्टीले गरेका कामलाई हेरेर यसपाली टेबल ल्याम्पको चिन्हमा आफ्नो मत् खसालेर सुनौलो अनि समृद्ध सिक्किम निर्माणका लागि सहयोग पुऱ्याउने जनतालाई अपील गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *