जनताबाट सकारात्मक प्रतिक्रिया पाइरहेकोमा ढुङ्गेलले गरे खुशी प्रकट

गान्तोक: अप्पर तादोङ निर्वाचन क्षेत्रका उम्मेदवार जीटी ढुङ्गेलले आगामी चुनाउमा आफ्नो जित सुनिश्चित रहेको किटान गरेका छन्। यसपालीको चुनाउमा विभिन्न पार्टीका उम्मेदवारहरूले पनि सो निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धा गरिरहेको भए तापनि विगतमा आफूले गरेको काम देखेर जनताले एसकेएम पार्टीको चिन्ह टेवल ल्याम्पमा भोट दिने उनले विश्वास व्यक्त गरेका छन्।

चुनाउ प्रचार प्रसारको क्रममा आफूले जनताबाट सकारात्मक प्रतिक्रिया पाइरहेकोमा उनले खुशी प्रकट गरेका छन्। उम्मेदवार ढुङ्गेलले थाँतीमा रहेको सबै कामहरू पूरा गर्ने प्रतिवद्धता व्यक्त गरे। विशेष गरेर उक्त निर्वाचन क्षेत्रमा देखिएका प्राय: जसो समस्या पाँच वर्षको अवधिमा पूरा गरिएको र रहल कामहरू आगामी पाँच वर्षमा पूरा गरेर देखाउने उनले आश्वासन दिएका छन्।

आज तादोङ निर्वाचन क्षेत्र अन्तर्गत अदमपुलमा चुनाउ प्रचार प्रसारको क्रममा पत्रकारहरूसँग कुराकानी गर्दै ढुङ्गेलले आफू विधायक हुँदा यस निर्वाचन क्षेत्रमा धेरै काम गरेकोले यसपालीको चुनाउमा यहाँका जनताले अवश्य पनि आफूलाई मतदान गर्ने विश्वास व्यक्त गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement