जनउन्मुक्ति दिवसको तयारीबारे चर्चा

IMG-20220804-WA0195.jpg

गान्तोक: आगामी १० अगस्तको दिन सिक्किम क्रान्तिकारी मोर्चा पार्टीले दक्षिण सिक्किमको जोर्थाङस्थित सामूदायिक खेल मैदानमा आयोजन गर्ने निधो गरेको पार्टीको ५औं जनउन्मुक्ति दिवसको तयारीलाई लिएर छलफल गर्न आज आरिथाङ निर्वाचन क्षेत्रका विधायक एवं मन्त्री अरूण उप्रेतीले आफ्नो समष्टिमा एक समन्वय बैठक आयोजन गऱ्यो। पार्टीका क्षेत्र स्तरीय अध्यक्ष, युवा समन्वयक,नारी शक्ति लगायत अन्य कार्यकर्ताहरूको उपस्थितिमा आयोजित सभामा आगामी उन्मुक्ति दिवसको कार्यक्रममा क्षेत्रस्तरबाट पुर्याउनुपर्ने योगदानबारे चर्चा गरियो। मन्त्री उप्रेतीले क्षेत्रस्तरीय पार्टी कार्यकर्ताहरूले पनि आउँदो कार्यक्रमलाई सफल बनाउन पूर्ण समर्पणका साथ अघि आउनुपर्ने दिशामा जोड दिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *