वरिष्ठ पत्रकार शिबु छेत्री लगायत सिलगढीका अन्य पत्रकारहरू, समाजसेवीहरू र अन्यलाई सम्बर्ध्दना

IMG-20240411-WA0186.jpg

सिलगढी: पर्यटन व्यवसायी बिक्रम राईको अभिनन्दन ग्रन्थ -समाजको लालगेड़ी विक्रम राई अभिनन्दन ग्रन्थ लोकार्पण समारोहमा सिलगढीमा रहेर नै विभिन्न क्षेत्रहरूमा योगदान दिने विशिष्ट व्यक्तिहरूलाई सम्बर्ध्दना जनाइयो। सिटोङको गिताञ्जली साहित्य संस्थान, सिटोङ फिल्म प्रडक्शन र ईजा प्रकाशनको आयोजनामा सिलगढीको एक होटलमा सम्पन्न कार्यक्रम वरिष्ठ साहित्यकार एंव भाषाविद् डा गोकुल सिन्हाको अध्यक्षता र वरिष्ठ साहित्यकार डा विष्णु भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। यसै कार्यक्रममा सिलगढीलाई कर्मथलो बनाएर पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान दिईरहेका वरिष्ठ पत्रकारहरूलाई सम्बर्ध्दना जनाइएको छ। यस क्रममा हिमालय दर्पण दैनिकको प्रमुख सम्पादक एंव वरिष्ठ पत्रकार शिबु छेत्री, पत्रकार आनन्द छेत्री, वरिष्ठ पत्रकार सञ्जय विश्व, पत्रकार एंव कवि निर्दोषिका तामाङ, पत्रकार एंव समाचार विश्लेषक बबिता मादेन आदिलाई सम्बर्ध्दना जनाइएको छ। त्यसरी नै अन्य क्षेत्रमा योगदान व्यक्तिहरू क्रमैले शिव कटुवाल, पर्यटन व्यवसायी सम्राट सन्याल, देविका छेत्री, मञ्जुला तामाङ सुब्बा, प्रतिमा राई, सुरेन प्रधान आदिलाई पनि सम्मान जनाइएको थियो। उक्त सम्बर्ध्दनामा खदार्पणसहित नेपाली टोपी पहिराएर जातीय हतियार खुकुरी, फूल गुच्छा स्मृति चिन्ह र सम्बर्ध्दना पत्र प्रदान गरेर सम्बर्ध्दना जनाइएको छ। यसै कार्यक्रममा सिटोङ क्षेत्रबाट समाजसेवी विक्रम राईको सहयोगमा निर्माण गरिएको म्युजिक भिडियो तिमीबिना र शब्द छैन नामक दुईवटा म्युजिक भिडियोको पनि लोकार्पण गरिएको छ। कार्यक्रममा म्युजिक भिडियोमा काम गर्ने सबै कलाकारहरू जस्तै नायक, नायिका, गीतकार, संगीतकार, गायक गायिका आदिलाई प्रोत्साहन हेतु सम्मान पनि गरिएको छ। कार्यक्रममा मुख्य अतिथिको रूपमा उपस्थित डा विष्णु भण्डारीले आफ्नो सम्बोधनमा समाजसेवी विक्रम राईले समाजमा धेरै कार्य गरेका रहेछन् भन्दै 52 औं जन्मदिनको उपलक्ष्यमा हार्दिक शुभकामना व्यक्त गर्दै सुस्वस्थ्य र दीर्घायुको कामना गरेका छन्। उनले मानिसले धर्म मान्छन्। तर सबैभन्दा ठूलो धर्म भनेको नै गरीब दु:खी र निरीहहरूका सेवा गर्नु नै सबैभन्दा ठूलो धर्म हो भनी बताएका छन्। प्रमुख अतिथि डा विष्णु भण्डारीले आगामी दिनमा दार्जिलिङमा हुने हाम्रो चिन्हारीको कार्यक्रममा हाम्रो चिन्हारीको पक्षमा समाजसेवी विक्रम राईलाई सम्बर्ध्दना जनाउने घोषणा पनि गरेका छन्। कार्यक्रममा अध्यक्षीय सम्भाषणमा वरिष्ठ साहित्यकार एंव भाषाविद् डा गोकुल सिन्हाले सिटोङ क्षेत्र अहिले ग्रामीण पर्यटन क्षेत्रमा धेरै विकासित भएको छ र पर्यटन व्यवसायी बिक्रम राई जस्ता व्यक्तिले सिटोङलाई पर्यटनमा धेरै अघि लगेको बताएका छन्। उनले अभिनन्दन ग्रन्थको लागि विक्रम राईलाई बधाई दिएका छन्। कार्यक्रममा विशिष्ट अतिथिको रुपमा पर्यटन व्यवसायी सम्राट सन्याल, बंगाली फिल्म जगतका नायक तथा गायक साहेब च्याटर्जी आदिले पनि सम्बोधन गरेका थिए। कार्यक्रम विषयमा पत्रकारहरूले सोधेका प्रश्नको उत्तर दिन्दै समाजसेवी एंव पर्यटन व्यवसायी बिक्रम राईले कार्यक्रममा उपस्थित सबैप्रति आभार प्रकट गरेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *