काशी हिन्दू विश्वविद्यालयसहित सबै केन्द्रिय विश्वविदयालयमा परास्नातक प्रवेश खुले

IMG-20220521-WA0059.jpg

सिलगढी। यस वर्षदेखि भारतभरिका ५४ वटा केन्द्रिय विश्वविद्यालयको प्रवेश परीक्षा एकैचोटि हुने भएको छ। अब सबै केन्द्रिय विश्वविद्यालयका लागि नेशनल टेल्टिङ एजेन्सी (NTA)-ले स्नातक र परास्नातकका सबै कोर्सका लागि प्रवेश परीक्षा लिने गरेको छ। सीबीएसई-द्वारा आयोजित हुने सबै इन्ट्रेन्स परीक्षा नेशनल टेस्टिङ एजेन्सीले लिँदछ। अहिले स्नातकोत्तर अर्थात् परास्नातक (Post Graduation)-का लागि फर्म खुलेको छ। नेशनल टेस्टिङ एजेन्सीको वेबसाइटमा परास्नातकको फर्म खुलेको छ।
काशी हिन्दू विश्वविद्यालय, सिक्किम विश्वविद्यालय, जवाहरलाल नेहरू विश्वविदयालय, दिल्ली विश्वविद्यालय, तेजपुर विश्वविद्यालय, नर्थ इस्ट हिल युनिभर्सिटी, त्रिपुर विश्वविद्यालय आदि केन्द्रिय विश्वविद्यालय हुन्। केन्द्रिय विश्वविद्यालयमा छानिछानी विभिन्न विषय पढ्न पाइन्छ। काशी हिन्दू विस्वविद्यालयमै हेर्नुहो भने पनि यहाँ प्रौद्योगिकी (टेक्नोलजी), चिकित्साविज्ञान (मेडिकल), कृषि विज्ञान, पर्यावरण, म्यानेजमेन्ट आदि संस्थान छन् भने कला, सामाजिक विज्ञान, विज्ञान, वाणिज्य, शिक्षा, विधि, संगीतकला, दृश्यकला, संस्कृत विद्याधर्म, सनातन शिक्षा आदि संकायभित्र १५० भन्दा धेर विषयका विभाग छन्। भारतभरि यस्ता ५४ विश्वविद्यालयमा यसपालि गत १९ मईदेखि प्रवेश परीक्षाका फर्म खुलेको छ। प्रवेश परीक्षामा बस्नाका लागि जतिसक्दो छिटो अनलाइन एप्लिकेशन बुझाइसक्नु पर्नेछ।
सेन्ट्रल युनिभर्सिटिज इन्ट्रेन्स टेस्ट फर्म खोज्नाका लागि गुगलमा सीयूयीटी २०२२ (CUET 2022) लेखी खोज्नुपर्नेछ। पहिले पञ्जीकरण (रेजिस्ट्रेशन) गरीकन फर्म भर्न सकिनेछ। २०२२-मा स्नातक (graduation) तेस्रो वर्ष पढ्दै गरेका कुनै पनि विद्यार्थीले फर्म भर्न पाउनेछन् । अहिले नै ग्रेजुएशन पास गरिहालेको हुनु पर्दैन। संसारभरिका कुनै पनि कुना काप्चाका विद्यार्थीले फर्म भर्न पाउनेछन्। विज्ञापनमा तेस्रो वर्ष स्नातक पढ्दै गरेका प्रत्याशीले यी वेबसाइट हेर्ने निदेशन दिइएको छ – www.nta.ac.in, https://cuet.samarth.ac.in

About Author

Advertisement