डकैतीको योजनालाई परिणाम दिन अगावै चारजना अपराधीहरू पक्रा

1000652564.jpg

सिलगढ़ी: भक्तिनगर थानाको पुलिसले इस्कन मन्दिर क्षेत्रमा डकैतीको योजनालाई परिणाम दिन अगावै चारजना अपराधीहरूलाई गए बुधवार राती पक्राउ गरेको छ। पक्रा परेका अपराधीहरूमा मन्टु सरकार, तन्तु राहा, सम्भु राय र बिशु बर्मन सामेल छन्। यिनीहरूमध्ये मन्टु सरकार उत्तर दिनाजपुर जिल्ला निवासी हो भने अन्य सबै सिलगढ़ी निवासी हुन्।

पुलिस सूत्र अनुसार बुधवार अबेर राती इस्कन मन्दिर क्षेत्रको शिव मंगल हाई स्कूल संगलग्न ताराचन्द मैदानमा केही मानिसहरूलाई देखियो जसको सूचना पाएर भक्तिनगर थानाको पुलिसले कारबाही गर्दै चारजना अपराधीहरूलाई समात्यो भने अन्य साथीहरू भाग्न सफल भयो। पुलिसले अपराधीहरूको जाँच गर्दा भारी मात्रामा हतियार जफत गऱ्यो।

जाँचबुझमा पुलिस टीमलाई थाहा लागे अनुसार यिनीहरू सबै डकैतीको योजनालाई परिणाम दिन एकत्रित भएका थिए जस पश्चात चारैजना अपराधीहरूविरूद्ध आईपीसीको धारा ३९९/४०२ अन्तर्गत मुद्दा दर्ता गरी कारबाही शुरू गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement