सोरेङमा हर घर तिरंगा अभियानअन्तर्गत ऱ्यालीको आयोजना

IMG-20220804-WA0190.jpg

सोरेङ: हर घर तिरंगा अभियानअन्तर्गत आज सोरेङ बजारमा ग्रामीण विकास विभागद्वारा एक ऱ्यालीको आयोजना गरियो। ऱ्यालीमा राष्ट्रिय ध्वज बोकेर सबैले हर घर तिरंगा अनि बन्दे मातरमको आवाज बुलन्द गरियो।

यस ऱ्यालीमा कृषि एवं बागवाणी बोर्डका अध्यक्ष सीके राणा, पञ्चायत अध्यक्ष, अतिरिक्त जिल्लापाल गायस पेघा, सोरेङका खण्ड विकास अधिकारी एसके शर्मा, एडी श्रीमती ममता गुरुङ लगायत अन्य अधिकारी अनि सोरेङ प्रशासनिक केन्द्रका कर्मचारीहरू साथै सेवानिवृत्त सेनाका जवानहरूको सहभागिता रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement