१५ अप्रेलमा मुख्यमन्त्री अरविन्द केजरीवालको पक्राउलाई चुनौती दिने याचिकामाथि सुनवाई हुने

d03d69969afb52179f3f00bfd599f9b21712733626519702_original.jpg

नयाँ दिल्ली: सुप्रीम कोर्ट दिल्ली आबकारी घोटाला मामिलामा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको पक्राउलाई चुनौती दिने याचिकामाथि सुनवाई गर्न तयार भएको छ। सुप्रीम कोर्टले केजरीवालको याचिकामाथि आगामी १५ अप्रेलमा सुनवाई गर्नेछ।

केजरीवालले दिल्ली हाई कोर्टको फसेलालाई सुप्रीम कोर्टमा चुनौती दिएका छन्। दिल्ली हाई कोर्टकी जस्टिस स्वर्णकान्ता शर्माको अध्यक्षतामा रहेको बेञ्चले गए ९ अप्रेलमा अरविन्द केजरीवालको याचिकालाई खारेज गरिदिएको थियो। केजरीवालको याचिकामाथि फसेला सुनाउँदै हाई कोर्टले भनेको थियो, यो याचिका जमानत याचिका होइन। यसमा त पक्राउलाई चुनौती दिइएको छ। कोर्टले भन्यो, जब कुनै आरोपीलाई सरकारी गवाह बनाइन्छ तब त्यो न्यायिक अधिकारीको काम हुन्छ, जाँच एजेन्सी ईडीको होइन।

हाई कोर्टले भनेको थियो, कसले कुन पार्टीलाई चुनाउ लड़्नको लागि पैसा दियो त्यो कोर्टले तय गर्दैन। इलेक्टोरल बण्डको रूपमा कसले कुन पार्टीलाई पैसा दियो त्यसमाथि कोर्टले विचार गर्दैन। केजरीवालले चाहे गवाहीहरूको क्रसस एग्जामिन गर्न सक्नेछन्। यो ट्रायल मामिला हो, हाई कोर्टको मामिला होइन।

केजरीवाल हाल न्यायिक हिरासतमा छन्। गत १ अप्रेलमा राउज एभेन्यू कोर्टले केजरीवाललाई १५ अप्रेलसम्मको लागि न्यायिक हिरासतमा पठाएको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *