समाजको लालगेड़ी – विक्रम राई अभिनन्दन ग्रन्थ लोकार्पण

IMG-20240411-WA0200.jpg

विक्रम राई हाम्रो समाजको सम्पत्ति हुन्: डी. सुकराज दियाली

सिलगढी: पर्यटन व्यवसायी एंव समाजसेवी विक्रम राईको अभिनन्दन ग्रन्थ ‘समाजको लालगेड़ी – विक्रम राई अभिनन्दन ग्रन्थ लोकार्पण सिलगढीको एक कार्यक्रमबीच सम्पन्न भएको छ। उक्त अभिनन्दन ग्रन्थ लोकार्पण समारोहको अध्यक्षता वरिष्ठ साहित्यकार एंव भाषाविद् डा. गोकुल सिन्हालो गरेका थिए भने प्रमुख अतिथिको रुपमा वरिष्ठ साहित्यकार एंव हाम्रो चिन्हारी केन्द्रीय अध्यक्ष डा. विष्णु भण्डारी उपस्थित रहेका थिए।

मैतराज राणाको प्रमुख सम्पादन, अरूण खवास र मिलन लामा रोगीको सह सम्पादनमा साथै गिताञ्जली साहित्य संस्थानको प्रकाशनमा रहेको समाजका लालगेड़ी विक्रम राई अभिनन्दन ग्रन्थ उक्त कार्यक्रममा नै सभाध्यक्ष डा गोकुल सिन्हा, प्रमुख अतिथि डा विष्णु भण्डारी, विशिष्ट अतिथिहरू क्रमैले डा साङ्मु लेप्चा, सम्राट सन्याल, विक्रम राई, उनी पत्नी तिला राई र उनका परिवारका सदस्यहरू आदिको बाहुलीबाट लोकार्पण गरिएको छ। बबिता मादेनद्वारा सञ्चालित उक्त कार्यक्रममा स्वागत सम्भाषण मञ्जुला तामाङ सुब्बाले राखेका थिए भने समाजसेवी एंव वरिष्ठ समाजसेवी विक्रम राईको जीवनी युवा स्रष्टा सञ्जीव छेत्रीले राखेका थिए।

कार्यक्रममा लोकार्पित अभिनन्दन ग्रन्थमाथि डा सुकराज दियालीलो समीक्षात्मक टिप्पणी राखेका थिए। उनले यो अभिनन्दन ग्रन्थ सिटोङको लागि मात्रै होइन तर सम्पूर्ण दार्जिलिङ क्षेत्रको लागि नै गौरवको कुरा भएको छ भन्दै हामी य ग्रन्थ पाएर खुशी छौं भनी बताएका छन्। डा. सुकराज दियालीले समाजमा विक्रम राई जस्तो व्यक्ति पाउनु गौरवको कुरा हो अनि विक्रम राई समाजका लालगेड़ी मात्र होइन तर समाजको सम्पत्ति पनि हुन् भनी बताएका छन्। कार्यक्रममा समाजको लालगेड़ी विक्रम राई अभिनन्दन ग्रन्थको प्रमुख सम्पादक मैतराज राणाले सम्पादकीय मन्तव्य राखेका थिए। कार्यक्रममा आफ्नो मन्तव्य राख्दै वरिष्ठ समाजसेवी विक्रम राईले आज आफु धेरै खुशी रहेको बताउँदै मैले पर्यटन क्षेत्रमा रहेर समाजको लागि पनि केही काम गर्ने कोशिष गरिरहेछु र आज आएर मैले केही गर्दै रहेछु भन्ने लाग्यो भनी बताए। उनले आफु समाजका असहाय र बिमारीहरूका लागि केही गर्दैछु भन्ने लागेको छ अनि भविष्यमा पनि मैले गर्दै गरेको समाज सेवाको कामहरू मेरा छोराहरूले निरन्तर कार्य गर्नेछ भनी घोषणा गर्दै परिवारलाई परिचय पनि गराएका छन्।

कार्यक्रममा समाजसेवी विक्रम राईको जन्मदिन पनि केक काटेर मनाइएको छ। यस अवसरमा उनलाई गीताञ्जली साहित्य संस्थान, ईजा प्रकाशन र ज्ञानकुञ्ज बुक्सको पक्षमा समाजसेवी विक्रम राईलाई सम्बर्ध्दना जनाइएको छ। त्यसरी नै उनको अभिनन्दन ग्रन्थ लोकार्पण साथै जन्मदिनको अवसरमा विभिन्न संघ संस्थाहरूका प्रतिनिधिहरूले पनि उनलाई सम्मान जनाएका छन्। उक्त समाजको लालगेड़ी विक्रम राई अभिनन्दन ग्रन्थ विषयमा प्रमुख सम्पादक मैतराज राणाले पत्रकारहरूसित कुराकानी गर्दै कार्यक्रममा उपस्थित र रचना दिएर सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *