दलसिंगपाड़ा स्पोर्टस एकाडमी फाइनलमा

photocollage_202284222225725.jpg

४ अगस्तः रामझोड़ा फूटबल कमिटीको तत्त्वावधानमा आयोजित रामझोड़ा टी.जी. फूटबल अनर (Honour) कप २०२२-मा रोमाञ्चक जीतको साथ दलसिंगपाड़ा स्पोर्टस एकाडमी (डीएसए)-ले फाइनलमा स्थान बनायो । रामझोड़ा टी.जी. फ्याक्ट्री लाइन मैदानमा जारी यस टुर्नामेण्टअन्तर्गत बिहीवार खेलिएको दोस्रो सेमिफाइनल म्याचमा दलसिंगपाड़ा स्पोर्टस एकाडमीले शक्तिशाली दार्जीलिङ पुलिसलाई १-०-ले पराजित गऱ्यो। विजेता टीमबाट एकमात्र गोल अभिषेक भुजेलले ७३औं मिनटमा दर्ता गरे। डीएसए-का अभिषेक भुजेललाई प्लेयर अव् द म्याच चयन गरियो। अब ७ अगस्तमा खेलिने फाइनलमा दलसिंगपाड़ा स्पोर्टस एकाडमी (डीएसए) र लंकापाड़ा मिलन क्लब (Lankapara Milan Club)-बीच भिड़न्त हुनेछ। टुर्नामेण्टमा विजेता हुने टीमलाई ५० हजार रुपियाँको साथमा आकर्षक ट्रफी प्रदान गरिनेछ। यसरी नै उपविजेता टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

Advertisement