लकेट च्यटर्जीले गरिन् भिन्न शैलीमा प्रचार

IMG-20240411-WA0195.jpg

हुगली: सम्पूर्ण देशसँगसँगै हुगली लोकसभा केन्द्रमा पनि चुनाउ प्रचार द्रूत गतिमा अगि बढ़िरहेको छ। यस लोकसभा केन्द्रबाट भाजपा उम्मेद्वार लकेट च्यटर्जीले बिहीवार भिन्न शैलीमा प्रचार गरिन्। बिहान-बिहान हातमा थैला लिएर आफ्ना समर्थकहरूसित उनी बैंडेल बजारमा पुगिन्।

बजारमा सब्जी किन्दै लकेटले त्यहाँ उपस्थित क्रेता-विक्रेताहरू सहित अन्य मानिसहरूलाई भाजपाको पक्षमा मतदान गर्ने अपील गरिन्। त्यसपछि लकेट च्यटर्जी बैंडेल रेलवे स्टेशनमा पुगिन् जहाँ उनले प्रधानमन्त्री नरेन्द्र मोदीका विकास कार्यहरूको हवाला दिँदै मानिसहरूसित भाजपाको पक्षमा मतदान गर्ने आग्रह गरिन्।

यहाँबाट च्यटर्जी लोकल ट्रेनको डब्बामा पुगेर त्यहाँका यात्रीहरूसित भाजपाको झोलीमा मतदान गर्ने अपील गरिन्। मीडियासितको बातचितमा उनले भनिन्, प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतीय रेलमा धेरैकुरा परिवर्तन भएको छ, बाँकी रहेका कार्यहहरूलाई पनि भविष्यमा पूरा गरिनेछ।

लकेट च्यटर्जीले अझ भनिन्, उनी मेट्रो रेललाई हुगलीसम्म ल्याउन चाहन्छन्, किनभने यस जिल्लाबाट ठूलो संख्यामा मानिसहरूले प्रतिदिन कोलकाता आवागमन गर्ने गर्दछन्। हुगलीसम्म ट्रेनलाई ल्याउने पूर्ण प्रयास हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement