नयाँ वर्षको पूर्वसन्ध्यामा ‘सडक महोत्सव’

IMG-20240411-WA0007

झापा, नेपाल: नेपाली नयाँ वर्ष २०८१ को पूर्वसन्ध्यामा राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा सडक महोत्सव हुने भएको छ। ठमेल पर्यटन विकास परिषदले बुधबार पत्रकार सम्मेलन गरी नयाँ वर्ष २०८१ को पूर्वसन्ध्यामा १२ अप्रेल (चैत ३० गते) शुक्रबार साँझ ठमेल सडक महोत्सव आयोजना गर्न लागेको जानकारी दिएको हो। पत्रकार सम्मेलनमा परिषद्का उपाध्यक्ष एवम् महोत्सवका संयोजक प्रश्रय राजभण्डारीले विगत वर्षझैँ यस वर्ष पनि ‘न्यू इयर इभ ठमेल सडक महोत्सव’ आयोजना गर्न लागेको जानकारी दिए। ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धन गर्नका निम्ति सडक महोत्सवको आयोजना गरिएको उनको भनाइ थियो। संयोजक राजभण्डारीले १२ अप्रेल (चैत ३० गते) शुक्रबार साँझ पर्यटनमन्त्रीसहित विभिन्न पर्यटनसँग सम्बन्धित संघसंस्थाको उपस्थितिमा ठमेल सडक महोत्सव गर्न लागिएको बताएका छन्। सो दिन साँझ ठमेलभित्र उत्पादित सामग्री बिक्रीवितरणका साथै सांस्कृतिक कार्यक्रम हुनेछन्। पत्रकार सम्मेलनमा परिषदका अध्यक्ष भविश्वर शर्माले ठमेललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आकर्षक गन्तव्यका रुपमा परिचित गराउने उद्देश्यका साथ सडक महोत्सव आयोजना गर्न लागिएको बताउँछन्। महोत्सवका निम्ति सुरक्षा निकायसँग समन्वय गरेर ठमेलभित्रको सुरक्षालाई कडाइ गरिने उनको भने।

अध्यक्ष शर्माले ठमेललाई सुन्दर, आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नका निम्ति ठमेलभित्रको तारलाई व्यवस्थापन र सडक कालोपत्र तथा मरम्मत गरिसकिएको जानकारी दिनुभयो। परिषदले काठमाडौं महानगरपालिका र नेपाल पुलिसको समन्वयमा ठमेल क्षेत्रभित्र पर्याप्त सीसीटीभी जडान गरिसकेको अध्यक्ष शर्माको भनाइ छ। नयाँ वर्षको पूर्वसन्ध्यामा ठमेलभरि कार्यक्रम हुने भएकाले मान्छेको दबाव बढ्दै गएपछि ट्राफिक व्यवस्थापनमा समेत समस्या हुने भन्दै बाहिरबाट यहाँ भित्रिने सवारीसाधनले वैकल्पिक बाटो प्रयोग गर्नसमेत परिषदले आग्रह गरेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *