रियान परागको प्रशंसा गरे संगकाराले

IMG-20240411-WA0193.jpg

जयपुर: राजस्थान रोयल्सका क्रिकेट निदेशक कुमार संगकाराले फर्ममा रहने रियान परागको प्रशंसा गर्दै उनको योग्यता सबैले देख्न सकिरहेको बताए पनि यस युवा ब्याटरले टी२० वर्ल्ड कपको निम्ति भारतीय टीममा स्थान बनाउने विषयमा चाहिँ अधिक केही बोलेनन्। आईपीएल २०२४-मा सर्वाधिक रन बनाउने खेलाड़ीहरूका सूचीमा २२ वर्षीय पराग अहिे केवल विराट कोहलीभन्दा पछि रहेका छन्। परागले २६१ रन बनाइसकेका छन् अनि उनको शीर्ष स्कोर अविजित ८४ रन रहेको छ। बुधवार राति पनि उनले गुजरात टाइटन्स विरुद्ध ७६ रन बनाए। असमका यस क्रिकेटरले के यस साल अमेरिका र वेष्ट इण्डिजमा हुने टी२० वर्ल्ड कपको निम्ति भारतीय टीममा स्थान बनाउने दावेदारी पेश गर्न सक्नेछन् भन्ने प्रश्नको जवाफमा संगकाराले भने, मेरो विचारमा उनको योग्यतालाई सबैले देखिरहेका छन्। मेरो विचारमा रियानको निम्ति राजस्थानको टीम अनि यस सत्रमा ध्यान दिनु अधिक महत्त्वपूर्ण छ कारण त्यसपछि पनि टी२० वर्ल्ड कपको निम्ति उनको नाममा विचार गरिनेछ। तपाईंले भविष्यबारे धेरै अघिको कुरा सोच्नु हुँदैन। उनले कठोर मेहनतको साथ संयोजित रहेर असल प्रदर्शन गर्न जारी राखे सबैथोक सही हुँदै जानेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement