तस्करको आक्रमणबाट पुलिस जवान घाइते

IMG-20240411-WA0003-copy

झापा, भद्रपुर (नेपाल): पूर्वीनेपालअन्तर्गत मोरङमा तस्करले आक्रमण गर्दा सशस्त्र पुलिसका हवल्दार घाइते भएका छन्। सीमा नाका हुँदै भारतबाट दुई वटा साइकलमा लोड गरी अवैध रूपमा ल्याउँदै गरेको धानको बीउ नियन्त्रणमा लिने क्रममा मोरङको रतुवामाई १ मा सशस्त्र पुलिस हवल्दार युवराज तामाङ घाइते भएका हुन्। इलाका पुलिस कार्यालय सिजुवाका अनुसार बिहीबार बिहान ५ बजेतिर भारततर्फबाट अवैध सामग्री आउँदै गरेको देखेपछि सीमा सुरक्षा गुल्म वरडङ्गाका सशस्त्र पुलिस हवल्दार तामाङले नियन्त्रणको प्रयास गरेका थिए। सो क्रममा रतुवामाई १ बस्ने सावर मियाँले पुलिस माथि ढुङ्गा प्रहार गरेकाथिए। ढुङ्गाले लागेर उनी घाइते भएका छन्। ढुङ्गा प्रहार गरेर भागेको मियाँको समूह भारततर्फ भागेको बताइएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *