जापानलाई ‘ओकुस’मा ल्याउनु निन्दनीय कदम

IMG-20240411-WA0004-1

आजभोलि अमेरिका, इंग्ल्याण्ड, अस्ट्रेलियाले जापानलाई ‘ओकुस’मा ल्याएको समाचारले अन्तर्राष्ट्रिय जनमतबाट ठूलो चिन्ता जगाएको छ। सो संगठन सन् २०२१ को सेप्टेम्बरमा स्थापना भएयता ती तीन मुलुकले साझेदार मुलुक सार्वजनिक गरेको यो पहिलो पटक हो। जापानी सरकारले ‘ओकुस’को महत्वलाई स्वीकार गरेको प्रतिकृया दिएको छ। तर धेरै जापानी नागरिकले आलोचना गरेका छन्, ‘ओकुस’ले बाह्य क्षेत्रको चिन्तालाई बेवास्ता गरी सदस्य थप गरेबाट द्वन्द र आणविक प्रसार जोखिमलाई बढाएर एशिया तथा प्रशान्त क्षेत्रको शान्ति र स्थिरतालाई खल्वल्याउनेछ। 

तथाकथित ‘ओकुस’ अमेरिका, इंग्ल्याण्ड, अस्ट्रेलिया त्रिपक्षीय सुरक्षा साझेदारी सम्बन्धको छोटकरी नाम हो। त्यसका दुईटा प्रमुख स्तम्भ छन्। एक, अस्ट्रेलियामा आणविक पनडुब्बी तैनाथ गर्ने र र तीन देशद्वारा पुस्ताको आणविक पनडुब्बीको संयुक्त अनुसन्धान र विकासमा संक्रमण गर्ने हो। दुई, उन्नत युद्ध लडाई क्षमता अगाडि बढाउन उदीयमान प्रविधिको संयुक्त रूपमा विकास र प्रयोग गर्ने हो। यस सम्बन्धमा अमेरिका, बेलायत र अस्ट्रेलियाले अन्य तथाकथित ‘समान विचारधारा भएका देश’लाई सामेल हुन सक्रिय रूपमा आह्वान गरेका छन्।

‘ओकुस’ अमेरिका केन्द्रित संगठन हो भने अरू सदस्य त्यसको रणनीतिक साझेदार मात्र हुन्। जापानको निम्ति ‘ओकुस’ जस्ता सैन्य समुदायमा संलग्न भएर अमेरिकी वैदेशिक रणनीतिक ‘चेस’ बन्नेछ। साथै जापानलाई भविष्यमा चीन विरोधी र खतरनाक परिस्थितिको अग्रपङ्क्तिमा धकेलिनेछ। श्रीलंकाका राष्ट्रपति रानिल विक्रमासिँघेले ‘ओकुस’को आलोचना गर्दै सो रणनीतिक गल्तीबाट एसियालाई विपक्षी शिविरमा मात्र विभाजन गरिने बताएका छन्। इन्डोनेशिया र मलेशियाका नेताहरुले पनि सो संगठनले क्षेत्रीय स्थिरतामा हानी पुर्याएको भन्दै सार्वजनिक रूपमा आलोचना गरे। यदि जापान संलग्न भएमा ‘ओकुस’को कभरेजलाई उत्तरपूर्वी एसियामा विस्तार गरिनेछ जुन क्षेत्रमा थप नकारात्मक असर पर्नेछ। शीतयुद्ध मानसिकताले गाँजिएको सो सैन्य गठबन्धन क्षेत्रीय सुरक्षा हितअनुकूल छैन र एसिया तथा प्रशान्त एकीकरण प्रकृया विपरीत भएको छ। शुरुदेखि नै त्यसको हुनु आवश्यक थिएन।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *