४ अगस्तः पाक्योंग स्पोर्टिंग क्लबको तत्त्वावधानमा हरिमाया शर्माकी स्मृतिमा आयोजित ७६औं इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टमा बिहीवार दुईवटा म्याच खेलियो। स्थानीय पाक्योंग सेण्ट जेभियर्स मैदानमा जारी यस नाइन ए साइड टुर्नामेण्टमा आज भएको पहिलो म्याचमा ५८ जीटीसी शिलंगले रियल ब्रोस एफसी (गान्तोक)-लाई २-०-ले पराजित गऱ्यो। सुनिल श्रेष्ठलाई प्लेयर अव् द म्याच चयन गरियो। यसरी नै दोस्रो म्याचमा साहारा गुम्बा (Sahara Gumpa) पाक्योंगले आईजी एकाडमी जयगाउँलाई २-०-ले पराजित गऱ्यो। प्रीतम तामाङलाई प्लेयर अव् द म्याच चयन गरियो। टुर्नामेण्टका दुईवटा सेमिफाइनल म्याच १२ र १३ अगस्तमा खेलिनेछ । यसरी नै फाइनल १५ अगस्तमा हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ३००००० रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर अप् हुने टीमलाई ट्रफीको साथमा २००००० रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।