मेयर गौतम देवद्वारा एकता र सद्भाव कायम राख्न अपिल
सिलगढी: देशभरका साथसाथै सिलगढीमा पनि इद–उल–फितर पर्व हर्षोल्लासका साथ मनाइँदैछ। ईदको पर्व भाइचारा र सद्भावको प्रतीक हो।बिहीबार सिलगढी कञ्चनजङ्घा स्टेडियममा इदको नमाज पढाइयो। केटाकेटी, युवा, वृद्धवृद्धा सबैले यस इदको शुभकामना व्यक्त गरे।

सिलगढी कञ्चनजङ्घा स्टेडियममा आयोजित भाइचारा र एकताको पर्वमा सिलगढीका मेयर गौतम देव पनि सहभागी भए। सो अवसरमा उनले धर्मावलम्बीहरुबीच एकता र सद्भाव कायम गर्न सबैलाई आग्रह गरे। यसै क्रममा जामा मस्जिदका इमामले ईदको शुभकामना दिएका छन्। साथै नमाज पढ्ने सबैले एकअर्कालाई अँगालो हालेर इदको शुभकामना जनाए। इद–उल–फितरको अवसरमा मस्जिदमा नमाज पढेपछि खुशी मनाउने बालबालिकाहरु पनि अँगालो हालेको देखिए।