पेरिस ओलम्पिकको ट्र्याक एण्ड फील्डमा स्वर्ण पदक जित्नेहरूले ५० हजार डलर पाउने

IMG-20240411-WA0139.jpg

मोनाको: पेरिस ओलम्पिकको ट्र्याक एण्ड फील्डको ४८ वटा स्पर्धाहरूमा स्वर्ण पदक विजेताहरूलाई वर्ल्ड एथलेटिक्स (डब्ल्यूए)-ले पहिलोपल्ट ५०,००० डलर (लगभग ४१.६० लाख रुपियाँ) गरेर पुरस्कार राशि दिने घोषणा गरेको छ। वर्ल्ड एथलेटिक्सको यस कदमले २०२८-मा लस एञ्जिलिस (एलए)-मा हुने खेलहरूमा तीनैजना पदक विजेताहरूलाई पुरस्कार दिने मार्ग पनि फराकिलो हुनेछ। भारतलाई पेरिस ओलम्पिकमा ज्याभलिन थ्रो एथलीट नीरज चोपड़ाबाट स्वर्ण पदकको आशा रहेको छ। नीरजले टोक्योमा देशको निम्ति एथलेटिक्समा पहिलो ओलम्पिक स्वर्ण पदक जितेका थिए। यसको साथै उनी ओलम्पिकको व्यक्तिगत स्पर्धाहरूमा स्वर्ण पदक जित्ने शूटर अभिनव बिन्द्रापछि दोस्रो भारतीय पनि बनेका थिए। यस ऐतिहासिक निर्णयको साथ डब्ल्यूए ओलम्पिक खेलहरूमा पुरस्कार राशि दिने पहिलो अन्तर्राष्ट्रिय महासंघ बन्नेछ। डब्ल्यूए-द्वारा जारी बयानमा भनिएको छ, वर्ल्ड एथलेटिक्स ओलम्पिक खेलहरूमा पुरस्कार राशि दिने पहिलो अन्तर्राष्ट्रिय महासंघ बन्नेछ। डब्ल्यूए-ले पेरिसमा यस ग्रीष्मकालीन ओलम्पिक खेलहरूमा सफलताको शिखर प्राप्त गर्ने एथलीटहरूलाई आर्थिक रूपले पुरस्कृत गर्नेछ। वर्ल्ड एथलेटिक्सका अध्यक्ष सेबेस्टियन को-ले बताएअनुसार, ओलम्पिक स्वर्ण पदक विजेताहरूलाई पुरस्कार राशिको शुरुवात अन्तर्राष्ट्रिय निकाय र समग्र रूपले एथलेटिक्सको खेलहरूका निम्ति एउटा महत्त्वपूर्ण क्षण हो। उनले भने, अन्तर्राष्ट्रिय ओलम्पिक समितिको राजस्व आवण्टनबाट जम्मा २.४ मिलियन डलर (लगभग १८.६३ अरब रुपियाँ)-को पुरस्कार दिइनेछ, जुन हरेक चार सालमा वर्ल्ड एथलेटिक्सलाई प्राप्त हुन्छ। यसको उपयोग ४८ वटा स्पर्धाहरूमा प्रत्येक स्वर्ण पदक जित्ने एथलीटलाई ५०,००० डलरको पुरस्कार राशिले पुरस्कृत गर्नमा गरिनेछ। वर्ल्ड एथलेटिक्सको यस पहलमा एलए २०२८ ओलम्पिक खेलहरूमा रजत र काँस्य पदक विजेताहरूलाई पनि पुरस्कार राशि प्रदान गर्ने प्रतिबद्धता सामेल छ। रिले टीमहरूलाई पनि यस राशिले सम्मानित गरिनेछ, जसका सबै खेलाड़ीहरूले पुरस्कार राशि साझा गर्नेछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement