आईपीएलमा कोहलीको रेकर्ड तोड़े शुभमन गिलले

IMG-20240411-WA0128.jpg

जयपुर: जयपुरको सवाई मानसिंह स्टेडियममा राजस्थान रोयल्स विरुद्ध म्याचमा गुजरात टाइटन्सका कप्तान शुभमन गिलले विराट कोहलीको ठूलो रेकर्ड तोड़े। वास्तवमा गिलले आफ्नो अर्द्धशतकीय ईनिंग्स (७२ रन)-को अवधि आईपीएलमा आफ्नो ३००० रन पूरा गरे। यसरी गिल यस विशेष उपलब्धिसम्म पुग्ने सबैभन्दा युवा खेलाड़ी बने। यसअघि यो रेकर्ड कोहलीको नाममा रहेको थियो, जसले २६ साल र १८६ दिनको उमेरमा यस उपलब्धिलाई हासिल गरेका थिए। गिलले यसपाली २५ साल र २१५ दिनको उमेरमा यस उपलब्धिलाई हासिल गरी कोहलीको रेकर्ड तोड़े। आईपीएलमा सबैभन्दा कम्ती उमेरमा ३००० रन बनाउनेहरूका सूचीमा गिल र कोहलीपछि सञ्जु सेमसन (२६ साल, ३२० दिन), सुरेश रैना (२७ साल, १६१ दिन) र रोहित शर्मा (२७ साल, ३४३ दिन) रहेका छन्। बुधवार राति अर्द्धशतक बनाएर गिल आईपीएल २०२४-मा ओरेञ्ज क्यापको होड़मा पनि तेस्रो स्थानमा पुगे। उनले २५५ रन बनाइसकेका छन्। यस सूचीमा कोहली ३१६ रनको साथ शीर्षमा छन् जबकि दोस्रो स्थानमा रहने रियान परागले २६१ रन बनाइसकेका छन्। आईपीएलको इतिहासमा सबैभन्दा कम्ती ईनिंग्समा ३००० रन पूरा गर्ने रेकर्ड चाहिँ क्रिस गेलको नाममा रहेको छ। उनले ७५ वटा ईनिंग्समा यस उपलब्धिलाई हासिल गरेका थिए। यस सूचीमा केएल राहुल (८०) दोस्रो, जोस बटलर (८५) तेस्रो र गिल (९४) चौथो स्थानमा छन्।
म्याचको कुरा गर्दा टस हारेर पहिला ब्याटिंग गर्दै राजस्थान रोयल्सले आफ्नो होम ग्राउण्डमा २० ओभरमा ३ विकेट गुमाएर १९६ रन बनायो। रियान परागले ४८ बलमा सर्वाधिक ७६ रन बनाए। उनले ५ वटा छक्का र ३ वटा चौका लगाए। यसरी कप्तान सेमसनले ७ वटा चौका र २ वटा चौकाको साथ ३८ बलमा अविजित ६८ रन बनाए। दुईजना ओपनर यशस्वी जयसवाल (२४) र जोस बटलर (०८)-लाई ४२ रनको स्कोरमै गुमाएपछि सेमसन र परागले तेस्रो विकेटको निम्ति १३० रनको पार्टनरशीप गरी टीमलाई असल स्कोरसम्म पुऱ्याए। शिमरोन हेटमायर १३ रनमा अविजित रहे। त्यसपछि गुजरात टाइटन्सले कप्तान गिलको लड़ाकू अर्द्धशतक अनि तल्लो क्रमका ब्याटरहरूका उपयोगी योगदानको सहायताले अन्तिम बलमा चौका लगाएर म्याच जित्यो। गिलले ४४ बलमा ७२ रन बनाए पनि उनले मध्यक्रममा कसैबाट साथ पाएनन्। गुजरातका कप्तानले ६ वटा चौका र २ वटा छक्काको साथ लड़ाइँ जारी राखे पनि एक समय होम टीमको जीत तय लागिरहेको थियो। चरम दबाउ रहे पनि तल्लो क्रममा राशिद खान र राहुल तेवतियाको विध्वंशी ब्याटिंगले गुजरात टाइटन्स म्याच जित्न सफल भयो। अन्तिम बलमा चौका लगाएर टीमलाई जिताउने राशिदले अविजित २४ र तेवतियाले २२ रन बनाए। राजस्थानका बलरहरूमा कुलदीप सेनले ३ र युजवेन्द्र चहलले २ विकेट लिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement