खरसाङमा इण्डिपेण्डेन्स डे नक्आउट फूटबल ९ अगस्तदेखि

IMG-20220804-WA0185.jpg

४ अगस्तः खरसाङ गोर्खा हिल स्पोर्टस एसोसिएशन (केडीएचएसए)-को तत्त्वावधानमा आउँदो ९ अगस्तदेखि इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्ट २०२२-को आयोजन गरिनेछ। केजीएचएसए-का महासचिव निर्मल गुरुङले बताएअनुसार, टुर्नामेण्टमा जम्मा ८ वटा टीमले हिस्सा लिनेछ। स्थानीय भिक्टोरिया स्कूल खेल मैदानमा हुने यस इलेभेन ए साइड टुर्नामेण्टको पहिलो दिन दुईवटा म्याच खेलिनेछ। दुईवटा सेमिफाइनल म्याच १२ अगस्तमा खेलिनेछ। फाइनल १५ अगस्तमा हुनेछ। टुर्नामेण्टमा विजेता हुने टीमलाई ट्रफीको साथमा २० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै उपविजेता हुने टीमलाई ट्रफीको साथमा १० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement