यूएफा च्याम्पियन्स लीगः बार्सिलोना र एट्लेटिको म्याड्रिड विजयी, पीएसजी दबाउमा

IMG-20240411-WA0053.jpg

पेरिस: यूएफा च्याम्पियन्स लीग फूटबल प्रतियोगिताको क्वार्टर फाइनल चरणको पहिलो लेगमा स्पेनको दुई शीर्ष टीम बार्सिलोना र एट्लेटिको म्याड्रिडले जीत हासिल गऱ्यो। बार्सिलोनाले बुधवार राति खेलिएको म्याचमा फ्रान्सीसी क्लब पेरिस सेण्ट जर्मेन (पीएसजी)-लाई उनीहरूकै होम ग्राउण्डमा ३-२-ले पराजित गऱ्यो। यस अवे म्याचमा ४१ प्रतिशत पोजेशनको साथ खेल्ने बार्सिलोना एक समय १-२-ले पछि रहेको थियो तर टीमले असाधारण प्रदर्शन गर्दै लगातार २ गोलको साथ महत्त्वपूर्ण जीत हासिल गऱ्यो। बार्सिलोनाबाट राफिन्हाले २ गोल गरे। उनले ३७औं र ६२औं मिनटमा गोल गरे। यसबाहेक निर्णायक गोल चाहिँ एण्ड्रिआस क्रिस्टेनसेनले ७७औं मिनटमा गरे। यसरी पीएसजी-बाट औस्माने डेम्बेलेले ४८औं र वितिन्हाले ५०औं मिनटमा गोल गरे। यस अवे म्याचमा बार्सिलोनाको जीतपछि पीएसजी दबाउमा परेको छ कारण दोस्रो लेगको म्याच स्पेनिश टीमको होम ग्राउण्डमा हुनेछ।

यसरी एट्लेटिको म्याड्रिडले चरम दबाउबीच बोरुसिया डर्टमण्ड विरुद्ध २-१-ले जीत हासिल गऱ्यो। आफ्नो होम ग्राउण्डमा ३३ प्रतिशत पोजेशनको साथ खेल्ने एट्लेटिकोले म्याचको दोस्रो हाफमा जर्मनीको क्लबबाट चरम दबाउको सामना गर्नु पऱ्यो। आफ्नो दह्रिलो डिफेन्सले गर्दा चिनिने स्पेनिश क्लबले पनि दृढ़ताको साथ डर्टमण्डको आक्रमणलाई सम्हालेर म्याच जित्यो। एट्लेटिकोबाट म्याचमा रोड्रिगो डी पलले चौथो र सेमुएल लिनोले ३२औं मिनटमा गोल गरे। यसरी डर्टमण्डबाट सेबास्टियन हालेरले ८१औं मिनटमा गोल गरे। यी दुई टीमबीच दोस्रो लेगको म्याच जर्मन क्लबको होम ग्राउण्डमा खेलिने हुनाले बुधवार राति हासिल गरेको जीतले एट्लेटिकोलाई सामान्य सुविधा चाहिँ अवश्यै हुनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *