नाम्ची जिल्लाका पोलिङ र प्रिसाइडिङ अधिकारीहरूलाई लिएर दोस्रो चरणको प्रशिक्षण कार्यक्रम आयोजित

IMG-20240410-WA0210.jpg

गान्तोक: नाम्ची जिल्लाका पोलिङ र प्रिसाइडिङ अधिकारीहरूलाई लिएर आयोजित दोस्रो चरणको प्रशिक्षण कार्यक्रम आज नाम्ची जिल्लाको टाउन हलमा सम्पन्न भयो। यस कार्यक्रमको सञ्चालन नाम्ची जिल्लाका अतिरिक्त जिल्लापाल अन्नत जैनले गरेका थिए भने कार्यक्रममा चुनाउ प्रकोष्ठकी उपसचिव भूमिका छेत्री, महकुमा अधिकारी छिरिङ नोर्ग्याल थिङ लगायत अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो। यस प्रशिक्षण सत्रमा मतदान र प्रिसाइडिङ अफिसरहरूको जिम्मेवारी लगायत प्रशिक्षण सत्रमा व्यावहारिक अनुभव, वैधानिक कागजी कारवाही अनि एक अनुरूपित मतदान केन्द्र अभ्यास गराउँदैए मतदान अनि प्रिसाइडिङ अधिकारीहरूको जिम्मेवारी र दायित्वबारे चर्च परिचर्चा गरियो। तालिम सत्रमा प्रशिक्षार्थीहरूलाई इभीएम र भीभीपीएटीको सैद्धान्तिक र व्यावहारिक ज्ञान प्रदान गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement