एसडीएफ पार्टी त्यागेर बर्फुङबाट १२० परिवार र तुमिन लिङ्गीबाट २१ परिवार एसकेएम पार्टीमा सामेल

IMG-20240410-WA0209.jpg

गान्तोक: सिक्किम क्रान्तिकारी मोर्चा पार्टीले आगामी विधानसभा विधानसभा तथा लोकसभा चुनावलाई केन्द्र गरी विभिन्न समष्टिहरूलाई समेटेर विजयी भवः जनसभा आयोजन गर्दै आइरहेको छ। यसै क्रममा आज नाम्ची जिल्लाको बर्फुङ समष्टिअन्तर्गत राभाङला बजारमा जनसभा आय़ोजन गरियो। पार्टी अध्यक्ष प्रेमसिंह तमाङ गोलेको सम्बोधनलाई सुन्न हजारौं संख्यामा जनताको उपस्थिति रहेको थियो भने यो जनसभा बर्फुङ, राङगाङ-याङगाङ, तिमी नामफिङ, तुमिन लिङ्गी समष्टि अनि लोकसभा चुनाव प्रचारका लागि आय़ोजन गरिएको हो। जनसभाको क्रममा बर्फुङ समष्टिबाट उम्मेदवार रिक्सल दोर्जी भोटियाको अगुवाईमा जम्मा १२० परिवारले एसडीएफ पार्टी छोड़ेर एसकेएम पार्टीमा सामेल भएका छन्। बर्फुङबाट सामेल हुनेहरू एसडीएफ पार्टीका उम्मेदवार भाइचुङ भोटियाको गढ़का रहेकाले अब बर्फुङबाट एसडीएफ पार्टी प्राय शून्य रहेको छ। त्यसैगरी तुमिन लिङ्गीबाट उम्मेद्वार सामडुप भोटियाको नेतृत्वमा एसडीएफ पार्टीका २१ परिवारले आफ्नो पार्टी छोड़ेर एसकेएम परिवारमा सामेल भए। यसरी सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको लोकप्रियता लगातार बढ़िरहेको देखेर एसकेएम परिवारमा सदस्यको संख्या निरन्तर बढ़िरहँदा पार्टीले आगामी चुनावमा जीत प्राप्त गरिसकेको स्पष्ट पार्टीले किटान गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement