बिहीबार ईदको सार्वजनिक बिदा

झापा, (नेपाल): सरकारले इस्लाम धर्मावलम्बीहरुको पर्व ईद- उल फितर (ईद) को दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले सूचना जारी गर्दै भोलि अर्थात बिहिबार इस्लाम धर्मावलम्बीहरुको पर्व ईद-उल फितर (ईद) का दिन सार्वजनिक बिदा दिने निणर्य गरेको हो। ‘मिति १६ मार्च २०२३ (२०७९/१२/०२ गते)को नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार इस्लाम धर्मावलम्बीहरुको पर्व ईद-उल फितर (ईद) का दिन सार्वजनिक बिदा दिने निणर्य भएको सन्दर्भमा सो पर्वको अवसरमा ११ अप्रेल २०२४ (मिति २०८०  चैत्र २९ गते) बिहीबार सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको निम्ति यो सूचना प्रकाशित गरिएको छ।‘ गृह मन्त्रालयद्धारा जारी सूचनामा भनिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement