कोशी प्रदेशमा  विशेष अधिवेशन बोलायो

IMG-20240410-WA0005

झापा (नेपाल): कोशी प्रदेश सभाको विशेष अधिवेशन आगामी १९ अप्रेल (वैशाख ६ गते)का निम्ति बोलाइएको छ। प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेश सभाका एक चौथाईभन्दा बढी प्रदेश सभा सदस्यहरुले दिएको पत्रको आधारमा विषेश अधिवेशन बोलाएका हुन्। ‘कोशी प्रदेशसभाको सम्पूर्ण सदस्य संख्याको एक चौथाईभन्दा बढी प्रदेशसभा सदस्यहरुको मिति ८ अप्रेल २०२४ (२०८०।१२।२६ गते)को लिखित अनुरोधमा माननीय प्रदेश प्रमुख पर्शुराम खापुङज्यूले नेपालको संविधानको धारा १८३ को उपधारा ९३० बमोजिम १८ अप्रेल २०२४ (संवत् २०८१ वैशाख ६ गते) बिहीबार दिनको १  बजे कोशी प्रदेशसभा हल, विराटनगरमा कोशी प्रदेशसभाको अधिवेशन आव्हान गर्नुभएको छ,’ प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनेको छ। केदार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि नेकपा एमाले र नेकपा माओवादी केन्द्रका ५२ सांसदहरुले सरकार र सम्बन्धित पदाधिकारीलाई विषेश निर्देशन दिनुपर्ने आवश्यकता भएको भन्दै त्यसको लागि प्रदेशसभाको विशेष अधिवेशन बोलाउन प्रदेश प्रमुखलाई निवेदन दिएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement