एडिलेड: पूर्व क्रिकेटर तथा क्रिकेट अष्ट्रेलिया (सीए)-का पूर्व अध्यक्ष ज्याक क्लार्कको ७० वर्षको उमेरमा निधन भयो। उनको परिवारमा पत्नी र दुईजना छोरी रहेकी छन्। उनले अष्ट्रेलियाई क्रिकेट बोर्डमा १९९९ देखि २०११-सम्म सेवा दिएका थिए अनि आफ्नो कार्यकालको अन्तिम ३ वर्ष सीए-को अध्यक्ष पदमा रहेका थिए। उनको अध्यक्ष कार्यकाल (२००८-२०११)-को अवधि नै बिग ब्याश टी२० लीगको शुरुवात भएको थियो अनि उनले २०१०-११-को एशेज सीरीजमा हारपछि अष्ट्रेलियाई टीमको समीक्षा गर्दै सीए-को उच्च प्रदर्शन शाखालाई नयाँ आकार दिएका थिए। उनले २१ सालसम्म दक्षिण अष्ट्रेलियाई क्रिकेट एसोसिएशन (एसएसीए)-का निदेशकको रूपमा पनि काम गरेका थिए अनि साल २०१२-मा उनलाई एसएसीए-को मानद आजीवन सदस्य बनाइएको थियो। सीए-का वर्तमान अध्यक्ष माइक बेयर्डले क्लार्कको निधनमा शोक व्यक्त गरेका छन्।