मञ्जुश्री ट्रेल रेस (१०० माइल) मा अमर सुब्बाले सातौं स्थान

n599185718171276825279446fecceca9a9a8636fb72f23ddd915234b01dd7dee16fcdcf26b67352acc7a1b.jpg

गान्तोक: सिक्किमका म्यारथन म्यान अमर सुब्बाले नेपालमा आयोजित प्रतिष्ठित मञ्जुश्री ट्रेल रेस (१०० माइल) मा उत्कृष्ट प्रदर्शन गरेका छन्। उनले उक्त दौड़ प्रतियोगितामा सातौं स्थान प्राप्त गरेर सिक्किमको नाम रोशन गरेका छन्।

विश्वकै सबैभन्दा कठिन दौडहरू मध्ये एक मानिने दौडमा उनले ४१ घण्टा ६ मिनट ५ सेकेण्डमा १०० माइलको दूरत्व तय गरे। घाइते अवस्थामा पनि उनले दौडको निर्धारित दूरत्व पूरा गरेका थिए। यो उनको पहिलो १०० माइल दौड रहेको बताइएको छ।

उनले मञ्जुश्री ट्रेल रेस आयोजक र आफुलाई सहयोग गर्दै आइरहेका आफ्ना शुभचिन्तकहरूप्रति आभार व्यक्त गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement