गान्तोक: सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले सिक्किमवासीहरू विशेषरूपमा मुस्लिम समुदायलाई ईद-उल-फितरको बधाई दिएका छन्।राज्यपालले आज जारी आफ्नो सन्देशमा भने, ‘ईद-उल-फितर उपवासको पवित्र महिना (रमजान) समाप्त भएपछि मनाइने पर्व हो, जसले समाजमा एक अर्काप्रति दान, प्रेम र सम्मानको सन्देश दिन्छ।’
राज्यपालले ईदको शुभकामना दिॅंदै सामाजिक सद्भाव र भाइचाराको बन्धनलाई अझ बलियो बनाउन आह्वान गरेका छन्।