भुसुक्कमा एसकेएम पार्टीको चुनावी सभा सम्पन्न

IMG-20240410-WA0213.jpg

एसकेएम पार्टीले नारीहरूलाई सशक्त बनाउन विभिन्न योजना शुरू गरेको केएन लेप्चाको दावी

गान्तोक: स्यारी निर्वाचन क्षेत्रका उम्मेद्वार एवम पूर्व मन्त्री केएन लेप्चाले आज स्यारी निर्वाचन क्षेत्र अन्तर्गत भुसुक नैताम ग्राम पञ्चायत युनिट अन्तर्गत पर्ने पाँचवटा वार्डलाई लिएर एक सभा सम्पन्न भयो। उक्त सभामा मुख्य अतिथिकोरूमा उम्मेदवार केएन लेप्चा रहेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै लेप्चाले एसकेएम पार्टी सरकारमा आएपछि राज्यका नारीहरूलाई सबै कुरामा सशक्त बनाउन विभिन्न प्रकारको पहल साथै योजना शुरू गरेको बताए। एसकेएम पार्टीले यसपालीको चुनाउमा चार जना महिलाहरूलाई उम्मेदावरकोरूपमा खडा गरेको छ,तर २५ वर्षसम्म सत्तामा बसेको एसडीएफ पार्टीले एकजना पनि महिला उम्मेदवार खडा गर्न नसकेकोमा उनले दुःख व्यक्त गरे। एसडीएफ पार्टीको नारीहरूलाई हेर्ने दृष्टिकोण यसबाट प्रस्ट भएको लेप्चाले जानकारी गराए। यसरी नै एसडीएफ पार्टीले यसपाली तामाङ समुदायबाट एकजना पनि उम्मेदवार उठाउन नसकेकोमा उनले उक्त पार्टीको नीति र सिद्धान्तको कडारूपममा आलोचना गरे। उम्मेदावर लेप्चाले हालै एसडीएफ पार्टीमा सामेल पाएर स्यारी निर्वाचन क्षेत्रको निम्ति टिकट पाएर चुनाउ प्रचार गर्दै आइरहेका तेञ्जिङ नोर्बु लाम्ठाको पनि कुण्डली खोले। वर्ष २०१९ को चुनाउमा एसडीएफ पार्टीबाट टिकट नपाएपछि रूँदै एसकेएम पार्टीमा सामेल भएको थियो तर एसकेएम पार्टीबाट पनि यसपाली टिकट नपाएपछि फेरि एसडीएफमा रूँदै गएको बताए। यसरी आफ्नो व्यक्तिगत स्वार्थको निम्ति पार्टीमा पार्टीमा आउने व्यक्तिले जनताको कसरी सेवा गर्नसक्छ भन्दै उनले प्रश्न तेर्साए। मुख्यमन्त्री पीएस गोले गरीब जनताको निम्ति मसीह जस्तै भएर काम गरिरहेको र हरेक गरीबको सुख दुःखमा उनी खडा भएर समस्या समाधान गरेको किटान गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement