अश्विन नम्बर एक बलर अनि जडेजा शीर्ष अलराउण्डर

IMG-20240410-WA0189.jpg

दुबई: आईसीसीको नवीनतम टेस्ट ऱ्याङकिंगमा बलरहरूका सूचीमा भारतका रविचन्द्रन अश्विन (८७० पोइण्ट्स) शीर्ष स्थानमा कायम रहेका छन्। यसरी भारतकै जसप्रीत बुमराह र अष्ट्रेलियाई पेस बलर जोश हेजलवुड दोस्रो (८४७) स्थानमा रहेका छन्। यसबीच श्रीलंकाका देब्रे हातका स्पिनर प्रभात जयसूर्या (७२४) तीन स्थान झरेर ११औं स्थानमा पुगेका छन्। यसले गर्दा जेम्स एण्डरसन (७३९) आठौं, शाहीन शाह अफरीदी (७३३) नवौं र काइल जेमिसन (७२९) दशौं स्थानमा पुगेका छन्। यी तीनैजनाले एक-एक स्थानको सुधार गरेका छन्। चटगाउँ टेस्ट म्याचपछि टेस्ट अलराउण्डरहरूका ऱ्याङकिंगमा शीर्ष १०-मा कुनै फेरबदल भएको छैन। भारतका रविन्द्र जडेजा (४४४) शीर्षमा कायम छन्। उनी दोस्रो स्थानमा रहने भारतकै अश्विन (३२२) भन्दा धेरै अघि रहेका छन्। बंग्लादेशका शाकिब अल हसन (३१०) तेस्रो स्थानमा कायम छन्।
श्रीलंकाका अलराउण्ड खेलाड़ी कामिन्दु मेण्डिस र पूर्व कप्तान एञ्जेलो म्याथ्यूज चटगाउँ टेस्टमा १९२ रनको जीतमा योगदान दिएपछि आईसीसी पुरुष टेस्ट खेलाड़ीहरूका ऱ्याङकिंगमा निक्कै अघि बढ़ेका छन्। म्याचमा अविजित ९२ रन बनाउने मेण्डिस ब्याटरहरूका सूचीमा १८ स्थान अघि बढ़ेर ५३३ पोइण्ट्सको साथ ४६औं स्थानमा पुगेका छन्। उनले दोस्रो ईनिंग्समा ३ विकेट पनि लिएका थिए। यसले गर्दा उनी बलरहरूका सूचीमा ४६ स्थानको सुधार गरेका छन्। यसरी अगस्त २०१४-मा करियरको सर्वोच्च तेस्रो ऱ्यांक हासिल गर्ने म्याथ्यूज पनि ब्याटरहरूका सूचीमा २५औं स्थानमा पुगेका छन्। श्रीलंकाई ब्याटर कुसल मेण्डिस ३ स्थान अघि बढ़ेर ५२औं स्थानमा पुगेका छन्। बलरहरूका ऱ्याङकिंगमा पहिलो ईनिंग्समा ४ विकेट लिने असिथा फर्नाण्डो ७ स्थान अघि बढ़ेर २७औं स्थानमा पुगेका छन्। विश्वा फर्नाण्डो ४१औं र लाहिरु कुमारा ४४औं स्थानमा रहेका छन्। बंग्लादेशका ओपनिंग ब्याटर जाकिर हसन ७५औं स्थानमा रहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement