कोचबिहारमा तृणमूलको झण्डा-फेस्टुन च्यातेको आरोप भाजपामाथि

coochbehar-768x481.gif

कोचबिहार: जिल्लामा तृणमूल कंग्रेस उम्मेद्वार जगदीश चन्द्र बर्मा बसुनियाको समर्थनमा लगाइएको फेस्टुन, फ्लेक्स एवं झण्डा च्यातेको आरोप भाजपामाथि लगाइएको छ। बुधवार बिहान कुचबिहार शहरको गुरियाहाटी-२ ग्राम पञ्चायत क्षेत्रमा तृणमूलको झण्डा, फेस्टुन, फ्लेक्स सड़कमा थुप्रिएको देखिएपछि राजनीतिक परिवेश तातिएको छ।
तृणमूलले भाजपामाथि घटनालाई परिणाम दिएको आरोप लगाएको छ। यद्यपि भाजपाले सबै आरोपहरूलाई निराधार बताउँदै खारेज गरिदिएको छ।तृणमूलका प्रदेश उपाध्यक्ष रवीन्द्रनाथ घोषले भने, भाजपा नेता एवं कार्यकर्ताहरूले राती अँध्यारोमा शहर एवं गाउँ सबैतिर यस किसिमका घटनाहरूलाई परिणाम दिरहेका छन्। वास्तवमा भन्न पर्दा उनीहरूले टेक्ने धरती पनि छैन। मानिसहरू उनीहरूदेखि टाड़ा भएका छन्। यसैले उनीहरूले यस किसिमको घृणित राजनीति गरिरहेका छन्। निन्दा गर्नको लागि हामीसित कुनै शब्द छैन।यद्यपि भाजपाका जिल्ला महासचिव विराज बसुले भने, गए मंगलवार राती उत्तर बंगाल विकासमन्त्री उदयन गुहाको नेतृत्वमा दिनहाटाको आमबाड़ीदेखि साहेबगंजसम्म सबै स्थानहरूमा भाजपाको झण्डा अनि ब्यानरलाई च्यातिएको छ। प्रधानमन्त्रीको तस्वीरमा स्याही समेत पोतिएको छ। तृणमूलले यस किसिको घृणित राजनीति गर्दछ। किनभने उसले आफ्नो हार निश्चित रहेको कुरा देखिसकेको छ। यसैले मानिसहरूको सहानुभूति हासिल गर्नको लागि उसले यस्तो कार्य गरिरहेको छ।

About Author

Advertisement