कम्बोडियामा भारत र अमेरिकाका विदेश मन्त्रीको भेट

01foreign_minister_s_jaishankar_with_us_secretary_of_state_antony_blinken_1626941369


नयाँ दिल्ली: पूरा विश्वमा चलिरहेको उथल-पुथल र तनावको माहोलबीच कम्बोडियाको राजधानी नामपेन्हमा भारत र अमेरिकाका विदेश मन्त्रीको भेट भयो। दुवै नेताले वैश्विक चुनौतीहरूमाथि मन्थन गर्नका साथै मिलेर यसको सामना गर्ने भने। नामपेन्हमा दक्षिणपूर्व एशियाई देशहरूको संगठन आसियान (एसोसिएशन अफ साउथ ईस्ट नेशन्स) का विदेश मन्त्रीहरूको बैठकमा भाग लिन पुगेका भारतीय विदेश मन्त्री डा. एस जयशंकरको भेट आफ्ना अमेरिकी समकक्ष एन्टोनी ब्लिङ्कनसित भयो। दुवै नेताले अमेरिकी प्रतिनिधि सभाका अध्यक्ष नेन्सी पेलोसीको हालमा भएको ताइवान यात्रामा चीनको आक्रोश र त्यसपछि उत्पन्न स्थितिहरूमाथि पनि चर्चा गरे।

भारतीय विदेश मन्त्रीले ट्वीट गरी यस भेटको जानकारी दिए। उनले भने, ‘नामपेन्हमा आसियानको मन्त्रीस्तरीय बैठकअघि मेरो र अमेरिकी विदेश मन्त्रीबीच सौहार्दपूर्ण चर्चा भयो। यो साल धेरै व्यस्त रहेको छ। दुवै नेताले धेरै महत्वपूर्ण अन्तरराष्ट्रिय मामिलाहरूमाथि विचार विमर्श गरे। अघि पनि मन्थन जारी रहने तय भयोl’ अमेरिकी विदेश विभाग अनुसार, ब्लिङ्कनले बैठकमा आफ्नो प्रारम्भिक टिप्पणीमा भने, ‘अमेरिका र भारत हिन्द-प्रशान्तमा आसियानको केन्द्रिय भूमिकाको प्रबल समर्थक हुन्। हामीसित एक स्वतन्त्र र खुल्ला हिन्द-प्रशान्तको निम्ति एक साझा दृष्टिकोण छ, जसमा हामी दिनहुँ धेरै अलग-अलग तरिकाहरूले काम गर्छौं। हामीसित केही तात्कालिक चुनौतीहरू छन्, जससित हामी दुवै चिन्तित छौं। आसियानको बैठकमा भाग लिनु हाम्रो निम्ति एक साथ आउने औं आफ्नो सबैभन्दा करीबी सहयोगीहरूको साथ चर्चा गर्ने अवसर होl’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement