भागोप्रमो लङ्भ्यु अम्बटे पंखाबारी समष्टिको चुनावी सभा अनि चुनाव कमिटी गठन

IMG-20240410-WA0187.jpg

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा पंखाबारी लंगभ्यु अम्बटे समष्टिको लोकसभा भागोप्रमो समर्थित प्रार्थी गोपाल लामाको समर्थनमा चुनावी सभा साथै चुनाव कमिटी गठन गरिएको छ।
आगामी लोक सभा चुनावलाई ध्यानमा राख्दै पंखाबारी लंगभ्यु अम्बटे समष्टिको चुनावी सभा बुथ नम्बर २२६ भेलाकूप सार्वजनिक भवनमा नबिन लामाको अध्यक्षतामा सम्पन्न भयो। खरसाङ महुकमा समिति सह-सचिव सुरज लामाले संचालन गरेको सभालाई समष्टि कार्यकारी सभासद कल्पना प्रधान,भागोप्रमो समष्टि सभापति साथै सन्त मेरी तीन ग्राम पञ्चायत प्रधान मणिराज डुम्जन आदिले सम्बोधन गरेका थिए।
समष्टि सभासद कल्पना प्रधानले गोपाल लामा एकजना स्वच्छ छवि भएको व्यक्ति हो भनी जनाइन्। गोपाल लामा जस्तो योग्य उमेद्वारलाई चुनावमा भारी मत खसाल्ने जिम्मेवारी पार्टीमाथि आएको जनाइन्। बीजेपीले गोर्खा जातिलाई जहिले पनि चुनावको समयमा मात्र विभिन्न प्रकारको झूटो बाचा गर्ने गरेको र चुनाव पश्चात उनीहरुलाई यहाँको समस्याहरूसँग केही सरोकार नरहेको जनाइन्।भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले जीटीए साथै पञ्चायतमा बोर्ड गठन गरिसकेको र आगामी लोकसभा चुनावमा जीत हाँसिल गराई पार्टी अध्यक्षको हात बलियो बनाउन पर्ने जनाए। लंगभ्यु चियाबारीको निम्ति पार्टी प्रमुख अनित थापाले धेरै कार्यहरु गरेको र उनको हात अझ दह्रिलो बनाउन चुनावमा जीत हाँसिल गर्न पर्ने जनाइन्। उनले आफ्नो सम्बोधनमा राज्य सरकारले लक्ष्मी भण्डार कन्याश्री, रुपाश्री,स्वस्थ्य साथी, द्वारे सरकार,बिधार्थी क्रेडिड आदि सहुलियतहरू दिएर धेरै सहयोग गरिरहेको पनि उहाँले जनाइन्।

भागोप्रमो समष्टि सभापति साथै सन्त मेरी तीन ग्राम पञ्चायत प्रधान मनिराज डुम्जनले जीटीए प्रमुख कार्यपाल अनित थापाको कुशल नेतृत्वमा पञ्चायत राज फर्की आएको र पञ्चायतमार्फत् गाँउ घरमा धेरै विकासमूलक कार्यहरू गर्न सक्ने जनाए। पञ्चायतमार्फत हुने विकासमूलक कार्यहरू पार्टीका प्रतिनिधिहरूसँग परामर्श गरेर नै गरिने जनाए। संगठनलाई बलियो बनाउन सबै आपसी मतभेद भुलेर एकजुट भई कार्य गर्न पर्ने मत राखे। आज सम्पन्न सभामा समष्टि सचिव ललित, लंगभ्यु संयोजक साथै समिति सदस्य मौसम लामा, खरसाङ महुकमा समिति प्रवक्ता अनुप रामुदामु, समष्टि प्रचार प्रसार सचिव जिनोद परियार, नारी शक्ति आदिको उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement