केन्द्रिय बलको फायरिंगमा मारिएकाहरूलाई पुष्पाञ्जलि अर्पण

कोचबिहार: जिल्लाको सीतलकुची कु विधानसभाः विधानसभा अन्तर्गत जोरपाटकी आमताली स्कूलमा पछिल्लो विधानसभा चुनाउ, १० अप्रेल २०२१ -मा केन्द्रिय बलहरूको फायरिंगमा चारजना मानिसहरूको मृत्यु भएको थियो।यी मानिसहरूको स्मृतिमा शहीद स्मृति रक्षा समितिका सदस्यहरूको पहलमा शहीद बेदी निर्माण गरिएको थियो।बुधवार उक्त शहीद बेदीमा उत्तर बंगाल राज्य परिवहन निगमका चेयरम्यान पार्थ प्रतिम राय, शहीद स्मृति रक्षा समितिका सदस्यगण एवं ग्रामीणहरूले पुष्पाञ्जलि अर्ण गरी शहीदहरूलाई स्मरण गरे। शहीदहरूको स्मरणमा शहीद परिवारहरू भावविह्न भए।यस अवसरमा उत्तर बंगाल राज्य परिवहन निगमका चेयरम्यान पार्थ प्रतिम रायले भने, १० अप्रैल, २०२१मा केन्द्रिय बलहरूले दागेको गोलीमा चारजना मतदाताहरूको मृत्यु भएको थियो जसको कानूनी लड़ाईं अहिले पनि चलिरहेको छ।                                           यो घटना अत्यन्त निन्दनीय थियो।घटनाको पछाड़ि षड्यन्त्र लुकेको थियो। किनभने उक्त गोलीकाण्डका मूल अभियुक्त एसपी देवाशीष धर भाजपामा सामेल भए जसको जवाफ जनताले भोट मार्फत दिनेछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement