बालुरघाट: केन्द्रीय गृहमन्त्री अमित शाहले आज लोकसभा चुनावको प्रचार अभियानमा बालुरघाटमा सभालाई सम्बोधन गरे। मुख्यमन्त्री ममता ब्यानर्जीलाई निशाना बनाउँदै उनले प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपा सरकारले बंगालमा घुसपैठ रोक्नसक्ने बताए। ‘हामीले असममा घुसपैठ रोकेका छौ’, उनले भनेl बालुरघाटको बुनियादपुरमा र्यालीलाई सम्बोधन गर्दै उनले भने, ‘म मोदीको ग्यारेन्टी बताउन आएको हुँ, ३० सिट पार गरेर बंगालमा भाजपाको सरकार बनाउनेछन्। हामी घुसपैठ रोक्नेछौं।‘ गृहमन्त्री शाहले आज यस क्षेत्रमा फैलिएको चरम गरिबीको लागि कम्युनिस्ट र तृणमूल कांग्रेस जिम्मेवार रहेको बताए। ‘२०१४ मा बंगालका जनताले हामीलाई केवल दुई सिट दिए, अनि त्यसपछि २०१९ मा तपाईंहरूले हामीलाई १८ सिट दिनुभयो र प्रधानमन्त्री मोदी ३०० भन्दा बढी सिटका साथ प्रधानमन्त्री भए। अब २०२४ मा हामीले यसलाई १८ बाट ३० सम्म बढाउनुपर्छ र ३७० सिट पार गर्नुपर्छ। यदि हामीले भारतलाई बलियो बनाउन चाहन्छौं भने हामीले बंगाललाई बलियो बनाउनु पर्छ’, उनले भनेl सन्देशखालीजस्तो लज्जास्पद घटनामा राजनीति गरिरहेको उनले बताए।