मंगन जिल्ला प्रशासनद्वारा ‘हर घर तिरंगा’ अभियान जागरूकताका फैलाउन ऱ्याली

IMG_20220804_214917.jpg

मंगन: मंगन जिल्ला प्रशासनद्वारा ‘हर घर तिरंगा’ अभियान पालन गर्न र मानिसहरूमा जागरूकताका फैलाउन आज एउटा ऱ्याली निकाल्यो। उक्त ऱ्याली जिल्ला प्रशासनिक केन्द्रबाट शुरू भएर पेन्टोकस्थित ईओसीमा पुगेर समाप्त भयो।

तिरंगा ऱ्यालीको अगुवाई जिल्लापाल डा. एबी कार्कीले गरेका थिए। ऱ्यालीमा पुलिस अधीक्षक, जिल्ला प्रशासनिक केन्द्रका अधिकारीहरू र कर्मचारीहरू सहभागी बने। कर्मचारीहरूले आआफ्नो हातमा राष्ट्रिय झण्डा बोकेर वन्दे मातरम् र जय हिन्दको नारा लगाएका थिए। यस अघि जिल्ला प्रशासनिक केन्द्र परिसरमा राष्ट्रिय झण्डा फहराइएको थियो।

About Author

Advertisement