राजगञ्ज: राज्यमा भाजपाको सरकार आएमा अन्नपूर्ण योजना मार्फत तीन हजार रुपियाँ दिइनेछ। चुनावी सभामा प्रदेश प्रतिपक्षी दलका नेता शुभेन्दु अधिकारीले यस्तो बताएका हुन्। बुधबार सुभेन्दु अधिकारीले जलपाईगुडी जिल्लाका भाजपा उम्मेदवार जयन्त कुमार रायको समर्थनमा राजगञ्जको तारघेरा मैदानमा चुनावी प्रचार गरे। यस दिन उनले पहिले जलपाईगुडीको मालबजारमा जनसभा गरे र त्यसपछि अम्बाडी जनसभामा पुगे। शुभेन्दु अधिकारीले जनसभामार्फत विपक्षीमाथि कडा निशाना गरेका छन्। अम्बाडीको बैठकमा सन्देशखालीका महिलाहरु पनि पुगेर आफ्नो धारणा राखेका थिए।