गान्तोक: आगामी लोकसभा र विधानसभामा खटाइएका सरकारी कर्मचारीहरूको निम्ति पोस्टल ब्यालेटद्वारा मतदान जारी रहेको छ। यस क्रममा आज राजधानीका तीन सुविधा केन्द्रमा बिहानदेखि मतदान शुरू भएको छ। पोस्टल ब्यालेट मतदानको आज दोस्रो दिन हो।
यी सुविधा केन्द्रहरूमा मतदान कर्मी, जिल्ला पुलिस र सिक्किम सशस्त्र बलका योग्य मतदाताहरूले पोस्टल ब्यालेटको माध्यमद्वारा आफ्नो मताधिकार प्रयोग गरिरहेका छन्। गान्तोक जिल्लाको निम्ति बुर्तुकको डीआईईडी कलेज र जीएमसी फुटसल एरिनामा सुविधा केन्द्रहरू स्थापित गरिएका छन्। यी सुविधा केन्द्रहरूमा आगामी १२ अप्रेलसम्म मतदान जारी रहनेछ।