गान्तोक: सिक्किम राजधानी गन्तोकको सोच्यागाङस्थित एसटीएनएम अस्पतालमा उपचाराधीन एक वृद्ध बिरामीले हिजो आफुमाथि छुरीले प्रहार गरेर आत्महत्या गरेका छन्।
पुलिसले जनाएअनुसार, तुमिन निवासी एक ६० वर्षीय वृद्ध गत जून महिनादेखि अस्पतालमा उपचाराधिन थिए। उनी किडनी रोगले ग्रस्त थिए र डायलिसिस चल्दै थियो। उनले आफ्नो घॉंटी र पेटमा छुरीले प्रहार गरे, जसमा उनी गम्भीर रूपमा घाइते भए र उपचारको क्रममा ओटीमै उनको मृत्यु भयो। शवको पोस्टमार्टमपछि परिवारका सदस्यहरूलाई सुम्पिएको छ।